Monday, September 19, 2016

दुई जना सचिवमा बढुवा

काठमाडौं, ३ असोज– सरकारले गृह मन्त्रालयका सहसचिव विनोद केसीलाई सचिवमा बढुवा गरेको छ । मन्त्रिपरिषदको आइतबार बसेको बैठकले बढुवा समितिले सिफारिस गरेका तीन सहसचिवमध्ये सबभन्दा वरिष्ठ केसीलाई सचिवमा पदोन्नति गरेको हो । '

सिफारिसमा दोस्रो वरियतामा रहेका अर्थमन्त्रालयका सहसचिव कृष्ण देवकोटालाई कायममुकायम सचिवमा बढुवा गरिएको छ ।

केसीलाई मध्यमाञ्चल क्षेत्रीय प्रशासन कार्यालय, हेटौंडाको क्षेत्रीय प्रशासकमा र देवकोटालाई मध्यपश्चिमाञ्चल क्षेत्रीय प्रशासन कार्यालय, सुर्खेतको कामु क्षेत्रीय प्रशासकमा पदस्थापन गरिएको छ । मध्यमाञ्चलका क्षेत्रीय प्रशासक खगराज बराललाई पश्चिमाञ्चल क्षेत्रीय प्रशासन कार्यालय पोखरामा सरुवा गरिएको छ ।

No comments:

Post a Comment