Wednesday, September 28, 2016

दसैंमा दैनिक २ घन्टामात्र लोडसेडिङ

काठमाडौं, १२ असोज– विद्युत प्राधिकरणले दसैंमा दैनिक ४ घन्टा लोडसेडिङ घटाउने भएको छ । फूलपातीदेखि पूर्णिमासम्म दैनिक २ घन्टामात्र लोडसेडिङ हुने जानकारी प्राधिकरण स्रोतले दिएको छ ।
हाल प्राधिकरणले दैनिक ६ घन्टा लोडसेडिङ गर्दै आएको छ । दसैं बिदामा उद्योगधन्दा तथा सरकारी कार्यालयहरूसमेत बन्द हुने भई विद्युत खपत कम हुने भएकाले दैनिक ४ घन्टासम्म लोडसेडिङ घटाइने जानकारी प्राधिकरणका एक अधिकारीले दिए । उद्योगधन्दाले मात्र ३ सय १५ मेगावाट विद्युत खपत गर्छन् ।

हाल मुलुकमा विद्युतको माग १३ सय मेगावाट छ । मुलुकमा विद्युत उत्पादन ७ सय २० मेगावाट (हिउ“दयाममा मात्र विद्युत उत्पादन गरिने ६० मेगावाटको कुलेखानी पहिलो, ३२ मेगावाटको कुलेखानी दोस्रोबाहेक) को हाराहारीमा छ भने प्राधिकरणले भारतबाट ३ सय मेगावाटको हाराहारीमा बिजुली आयात गरिरहेको छ । दसैंको बेला प्राधिकरणले भारतबाट बिजुलीको आयातसमेत घटाउने भएको छ ।

‘३ सय १५ मेगावाटको हाराहारीमा खपत गर्ने उद्योगधन्दा बन्द हुने भएकाले दसैं बिदाको अवधिमा प्राधिकरणले दैनिक ४ घन्टा लोडसेडिङ घटाउने र भारतबाट आयात गरिने बिजुलीसमेत केही दिनलाई घटाउने तयारी गरेका हौं’ प्राधिकरणका एक अधिकारीले भने । प्राधिकरणले दसैंमा लोडसेडिङ घटाउने औपचारिक घोषणा भने केही दिनपछिमात्र गर्ने भएको छ ।

No comments:

Post a Comment