Friday, September 23, 2016

टेलिकम प्रबन्ध निर्देशकमा राजभण्डारी नियुक्त

काठमाडौं, ७ असोज– सरकारले नेपाल टेलिकमको प्रबन्ध निर्देशकमा कामिनी राजभण्डारीलाई नियुक्त गरेको छ । मन्त्रिपरिषदको बिहीबार बसेको बैठकले निगमकी सबभन्दा वरिष्ठ नायव प्रबन्ध निर्देशक राजभण्डारीलाई प्रबन्ध निर्देशक नियुक्त गरेको हो ।

सूचना तथा सञ्चार सचिव दिनेश थपलियाको संयोजकत्वमा रहेको छनौट समितिले खुला प्रतिस्पर्धाबाट प्रबन्ध निर्देशकका लागि राजभण्डारी, मदन खरेल र सुनिलकुमार पोखरेलको नाम सिफारिस गरेको थियो । मन्त्रिपरिषदले तीन जनामध्ये राजभण्डारीलाई उपयुक्त ठह¥याई नियुक्त गरेको हो ।

छनौट समितिमा थपलियासहित पूर्व सहसचिवद्वय नारायण सञ्जेल र कविराज खनाल, राष्ट्रिय सूचना प्रविधि परिषदका सदस्य वसन्त वन र पूर्व प्रबन्ध निर्देशक अमरनाथ सिंह थिए । समितिले ११ प्रतिस्पर्धीको व्यावसायिक कार्ययोजनालाई ६०, उनीहरूको अनुभव र योग्यतालाई २५ तथा अन्तर्वार्तालाई १५ अंकभार दिई छनौट गरेर पहिलो, दोस्रो र तेस्रो वरियतामा क्रमशः राजभण्डारी, खरेल र पोखरेलको नाम सिफारिस गरेको हो ।

No comments:

Post a Comment