Thursday, September 15, 2016

गंगामायाले अनसन तोडिन्

काठमाडौं, ३० भदौ– सशस्त्र द्वन्द्वकालमा मारिएका आफ्ना छोरा कृष्णप्रसाद अधिकारीको हत्यामा संलग्नलाई कारबाहीको माग गर्दै आन्दोलनरत गंगामाया अधिकारीले अनसन तोडेकी छन् । एक महिनादेखि औषधि र स्लाइनसमेत नलिईकन वीर अस्पतालमा नै आमरण अनसन सुरु गरेकी गंगामायाले मंगलबार राति अनसन तोडेकी हुन् ।

विस २०६१ मा मारिएका छोरा कृष्णप्रसादको हत्यामा संलग्नलाई कारबाहीको माग गर्दै निरन्तर ६ वर्षदेखि अनसनरत गंगामायाले अदालतको बयानका लागि अनसन तोडेकी हुन् । असोज २ मा चितवन जिल्ला अदालतबाट त्यहा“का प्रशासनिक प्रमुख आफैं गंगामायाको बयान लिन आउ“दैछन् ।

बयान दिनका लागि बोल्न सक्ने अवस्थामा हुनुपर्ने भएकाले गंगामायाका कानुन व्यवसायीहरूको आग्रहमा उनी अनसन तोड्न राजी भएकी हुन् । मानव अधिकारकर्मीहरूको निरन्तर दबाबमूलक कार्यक्रमपछि चितवन अदालतले प्रशासनिक प्रमुखलाई गंगामायाको बयान लिन पठाउन लागेको हो ।

No comments:

Post a Comment