Friday, September 16, 2016

निधिलाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी

काठमाडौं, ३१ भदौ– राष्ट्रपति विद्यादेवी भण्डारीले उपप्रधान एवं गृहमन्त्री विमलेन्द्र निधिलाई कार्यवाहक प्रधानमन्त्री तोकेकी छन् ।

 प्रधानमन्त्री पुष्पकमल दाहाल चार दिने राजकीय भ्रमणमा भारत प्रस्थान गरेकाले उनको अनुपस्थितिमा सरकार प्रमुखले गर्ने दैनिक प्रशासनिक कार्य सम्हाल्ने गरी निधिलाई कार्यवाहक प्रधानमन्त्री तोकेकी हुन् । 

भण्डारीले संविधानबमोजिम प्रधानमन्त्री दाहालको सिफारिसमा वरिष्ठ उपप्रधानमन्त्री निधिलाई कार्यवाहक तोकिएको जानकारी राष्ट्रपति कार्यालयले दिएको छ ।


No comments:

Post a Comment