Friday, September 23, 2016

सशस्त्रका ६ एआईजीको सरुवा र पदस्थापना

काठमाडौं, ७ असोज– सरकारले सशस्त्र प्रहरी बलका ६ जना अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी) को सरुवा र पदस्थापना गरेको छ । मन्त्रिपरिषदको बिहीबार बसेको बैठकले गृह मन्त्रालयको प्रस्तावमा ६ एआईजीको सरुवा र हालै बढुवा भएका दुई जनाका पदस्थापना गरेको जानकारी सरकारका प्रवक्ता एवं सूचना तथा सञ्चारमन्त्री सुरेन्द्र कार्कीले जानकारी दिए ।

कार्कीका अनुसार कार्य विभागका एआईजी कृष्णकुमार तामाङलाई प्रशिक्षण प्रतिष्ठानमा र मानव स्रोत विकास विभागका सिंहबहादुर श्रेष्ठलाई प्रशासन विभागमा सरुवा गरिएको छ ।

 सीमा सुरक्षा विभागका पे्रमकुमार शाहीलाई कार्य विभागमा र प्रशिक्षण प्रतिष्ठानका प्रकाश ओझालाई सीमा सुरक्षा विभागमा सारिएको छ । 
एआईजी शैलेन्द्र खनाललाई बलको मानव स्रोत विकास कार्यालयमा पदस्थापन गरिएको छ । मानव स्रोत विकास कार्यालयका एआईजी जितबहादुर पुनलाई महानगरीय सशस्त्र प्रहरी प्रधान कार्यालयमा सारिएको छ ।
दुई जनाको बढुवा 
सरकारले राष्ट्रिय अनुसन्धान विभागका सहअनुसन्धान निर्देशकद्वय लक्ष्मण गुरुङ र रामबहादुर कार्कीलाई अनुसन्धान निर्देशक बढुवा गरेको छ ।

No comments:

Post a Comment