Saturday, March 31, 2018

विकासनिर्माणका भ्रष्टाचार छानबिन गर्न प्रयोगशाला


काठमाडौं, १७ चैत– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विकास निर्माणका आयोजनाहरूमा हुने भ्रष्टाचारको छानबिनलाई वैज्ञानिक र प्रभावकारी बनाउन सिभिल इन्जिनियरिङ प्रयोगशाला स्थापना गरेको छ । 

प्रयोगशाला निर्माण सामग्री, सार्वजनिक निर्माण, सडक, भवनलगायतको परीक्षणका लागि स्थापना गरिएकाले कुनै पनि आयोजनामा अनियमितता गर्ने व्यक्तिले अब उन्मुक्ति पाउन नसक्ने विश्वास अख्तियारको छ । 
अख्तियारले प्रयोगशालामा अनियमितताको आवाज उठेका र आशंकामा परेका सबैजसो विकास निर्माणका आयोजनाको परिक्षण र निर्माण सामग्री गुणस्तरीय भए/नभएको तथा निर्माण व्यवसायीले तोकिएको मापदण्डअनुसार काम गर÷नगरेको समेत छानबिन गर्नेछ ।

अख्तियारले प्रयोगशालास“गै विकास निर्माणको काम परीक्षणका लागि दक्ष जनशक्ति एवं अनुसन्धान टोलीसमेत तयार पारिएको छ । 
अन्तर्राष्ट्रिय मापदण्डअनुरूपका आधुनिक प्रविधियुक्त औजार अनुसन्धान कार्यमा प्रयोग गर्न थालिएकोसमेत अख्तियारका अधिकारीले जानकारी दिए । ती अधिकारीका अनुसार अख्तियारले विद्युतीय फरेन्सिक ल्याब, निर्माण सामग्रीको गुणस्तर थाहा पाउने एक्सरे मेसिनसमेत खरिद गरिसकेको छ । अख्तियारले ज्ञान र प्रमाणमा आधारित अनुसन्धान प्रक्रियालाई थप प्रभावकारी बनाउन आधुनिक प्रविधि, स्रोत, साधन, दक्ष जनशक्तिको विकास गर्ने प्रक्रियामा अघि बढेको छ ।


No comments:

Post a Comment