Tuesday, October 28, 2014

‘निलोफर’ को जोखिमबारे समयमै सजग गराउन निर्देशन

काठमाडौं, ११ कात्तिक– प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयले ‘निलोफर’ नामक सामुद्रिक आ“धी भारतीय उपमहाद्वीपको पश्चिमी तटतर्फ अगाडि बढिरहेको सन्दर्भमा त्यसले नेपालमा पर्न सक्ने सम्भावित असरका बारेमा सम्बन्धित सबैलाई सजग गराउन जल तथा मौसम विज्ञान विभागका अधिकारीहरूलाई निर्देशन दिएको छ ।
केही समयअघि आएको ‘हुदहुद’ नामक सामुद्रिक आ“धीबाट मनाङ, मुस्ताङलगायतका जिल्लामा ठूलो संख्यामा पर्यटक, पथपर्दशक तथा सर्वसाधारणको ज्यान गएको र हराइरहेको तीतो यथार्थको घाउ पुरिन नपाउ“दै पुनः त्यस्तै विनाशकारी सामुद्रिक तुफान आउन लागेकाले प्रधानमन्त्री कार्यालयले मौसम विज्ञान विभागका अधिकारीहरूलाई मंगलबार त्यसतर्फ सबैलाई सजग गराउन निर्देशन दिएको हो ।

प्रधानमन्त्री कार्यालयले निलोफर तुफानबाट असर पर्न सक्ने सम्भावित ठाउ“हरूमध्ये अत्याधिक वर्षा र हिमपात हुन सक्ने एवं हुरीबतास तथा आ“धी आउन सक्ने स्थानहरूको पहिचान गरी सम्भावित जोखिम अवधि तथा स्थानका बारेमा अद्यावधिक भई उपर्युक्त सूचना गृह र पर्यटन मन्त्रालय एवं सम्भावित क्षेत्रका स्थानीय प्रशासन र पर्यटन सूचना केन्द्रलाई दिन र सञ्चार माध्यममार्फत् सर्वसाधारणलाई जानकारी गराउनसमेत विभागलाई निर्देशन दिएको छ ।
सम्भावित जोखिमको सूचना मौसम भविष्यवाणीका आधारमा दैनिक रूपमा अद्यावधिक गराई नियमित रूपमा जानकारी गराउन, सम्भावित जोखिमका दिनहरूमा ती क्षेत्रमा पर्यटक, पथप्रदर्शक तथा सर्वसाधारणलाई आवतजावत नगर्न पर्यटनस“ग सम्बन्धित संघसंस्था र स्थानीय प्रशासनमार्फत् अनुरोध गर्नसमेत प्रधानमन्त्री कार्यालयले मौसम विज्ञानलाई निर्देश गरेको छ ।
साथै  प्राविधिक रूपमा लामो अवधिको मौसमको भविष्यवाणी गर्न कठिनाइ भएमा मौसम भविष्यवाणीसम्बन्धी अन्तर्राष्ट्रिय संघसंस्था एवं छिमेकी राष्ट्रहरूस“ग समेत सूचना आदानप्रदान गरी सम्भावित जोखिमबाट जोगिनका लागि सजग गराउनसमेत मौसम विज्ञानलाई प्रधानमन्त्री कार्यालयले निर्देशन दिएको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जारी गरेको प्रेस विज्ञप्ति
“हुदहुद” नामक समुद्री तुफानको प्रभावको कारण केही समय अघि अनपेक्षित हिमपातबाट मनाङ‚ मुस्ताङ‚ पर्वत लगायतका जिल्लाहरुमाठुलोसंख्यामा पर्यटक‚पथप्रदर्शक तथा सर्वसाधरणको ज्यान गएको र हराई रहेको तितो यथार्थको गहिरो घाउ पुरिन नपाउदै पुनस्त्यस्तै विनाशकारी “निलोफर” नामक समुद्री तुफान भारतीयउपमहादीपको पश्चिमी तटतर्फ अगाडी बढिरहेको सूचना प्रति प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय गम्भिर रहेको कुरा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव शान्तराज सुवेदीले बताउनुभएको छ । यसै क्रममा उहाँले जल तथा मौसम विज्ञान विभागका महानिर्देशकसँग यस बिषयमा छलफल गरी “निलोफर” नामको समुद्री तुफानबाट नेपालमा पर्न सक्ने सम्भावित असरका सम्बन्धमा निम्नानुसार गर्न निर्देशन दिनु भएको छ ।
९ख० सो तुफानबाट असर पर्न सक्ने सम्भावित ठाउँहरु मध्ये अत्यधिकबर्षा हुन सक्ने‚ हिमपात हुन सक्ने एवं हुरी बतास र आँधी आउन सक्ने स्थानहरुको पहिचान गरी सम्भावित जोखिम अवधि तथा स्थानको बारेमा अद्यावधिक हुने र उपरोक्त सूचना गृह मन्त्रालय‚ पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयएवं पर्यटन सूचना केन्द्रहरु‚ सम्भावित क्षेत्रका स्थानीय प्रशासन एवं पर्यटनसँग सम्बन्धित संघसंस्थाहरुलाई उपलब्ध गराउने र रेडियो‚ टेलिभिजन एवं छापा सञ्चार माध्यम मार्फत समेत सर्वसाधणलाई जानकारी गराउने‚
९ग० यस्तो सम्भावित जोखिमको सूचना मौसम भविश्यवाणीको आधारमा दैनिक रुपमा अद्यावधि गराई नियमित रुपमाजानकारी गराउने‚
९घ० सम्भावित जोखिमका दिनहरुमा ती क्षेत्रहरुमा पथप्रदर्शक‚ पर्यटक तथा सर्वसाधारणलाई आवतजावत नगर्न पर्यटनसँग सम्बन्धित संघसंस्था र स्थानीय प्रशासन मार्फत अनुरोध गर्ने‚
९ङ० प्राविधिक रुपमा लामो अवधिको मौसमको भविश्यवाणी गर्न कठिनाई भएमा मौसम भविश्यवाणी सम्बन्धी अन्तराष्ट्रियसंघरसंस्था एवं छिमेकी मित्र राष्ट्रहरुसँग समेत सूचना आदान प्रदान गरी सम्भावित जोखिमबाट जोगिन सजग बनाउने ।

मिति स् २०७१ कार्तिक ११ गतेमंगलबार
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरवार ।

No comments:

Post a Comment