Monday, October 6, 2014

बकर इद धुमधामसाथ मनाइयो

काठमाडौं, २० असोज– इस्लाम धर्मालम्बी (मुसलमान) हरूले सोमबार देशभर बकर इद (इदउल अजहा) पर्व धुमधामका साथ मनाए । बकर इद इस्लाम धर्मालम्बीका लागि इदउल फित्रपछिको महत्वपूणर््ँ ठूलो पर्व हो । मुसलमानहरूले सोमबार नजिकको मस्जिदमा गएर सामूहिक रूपमा नमाज पढ्नुका साथै आपसमा गला मिलाएर ‘इद मुबारक’ भन्दै एक आपसमा शुभकामना आदानप्रदान गरे । 

शुभकामना आदान प्रदान गर्दै भाइचारा साट्नु यो पर्वको महत्वपूणर््ँ विशेÈता मानिन्छ । बकर इद पर्वका कारण सोमबार देशभरकै मस्जिदमा विशेÈ भीडभाड चहलपहल देखिएको थियो । यस पर्वमै मुसलमानहरूले साउदी अरबको मक्कामदिनामा गएर हज (तीर्थाटन) समेत गर्छन् । नेपालबाट समेत यस वर्ष हजारौं मुसलमान मक्कामदिना हज यात्रा गर्न गएका छन् । सरकारले मुसलमानहरूको ठूलो पर्व बकर इदको अवसरमा सोमबार सार्वजनिक बिदासमेत दियो ।

No comments:

Post a Comment