Tuesday, October 7, 2014

सचिव लाकौलको अवकास आज

सचिव रिक्त निकाय १६ पुग्ने
काठमाडौं, २१ असोज– प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका सचिव श्रीरञ्जन लाकौलले बुधबार अनिवार्य अवकास पाउ“दैछन् ।  उनले ५८ वर्ष उमेर पूरा गरी अवकास पाउन लागेका हुन् । उनको अवकासस“गै विभिन्न मन्त्रालय र निकायमा रिक्त सचिवको संख्या १६ पुग्नेछ ।
सरकारले सचिव पद रिक्त रहेका विभिन्न मन्त्रालयसहित १४ निकायमा सहसचिवलाई कायममुकायम सचिवको जिम्मेवारी दिएर राखेको छ भने एउटा क्षेत्रीय प्रशासन कार्यालय निमित्त सचिवको भरमा चलाइएको छ ।
हाल रक्षा, परराष्ट्र, सूचना तथा सञ्चार र शान्ति तथा पुननिर्माण मन्त्रालय, कानुन आयोग, सूचना आयोग, सार्वजनिक खरिद अनुगमन कार्यालय, राष्ट्रिय सतर्कता केन्द्र, जल तथा ऊर्जा आयोग, अख्तियार, चारवटा क्षेत्रीय प्रशासन कार्यालयमा कामु सचिव छन् ।

त्यसमध्ये रक्षा, परराष्ट्र तथा एक क्षेत्रीय प्रशासन कार्यालयका कामु सचिवको छमहिने अवधिसमेत सकिन लागेकाले चारवटा निकाय निमित्तका भरमा चलाउनुपर्ने स्थिति आउन लागेको जानकारी मन्त्रिपरिषद कार्यालय स्रोतले दिएको छ । निजामती ऐनअनुसार सहसचिवलाई एकपटकका लागि छ महिनाका लागिमात्र कामु सचिव बनाउन सकिन्छ, दोहो¥याएर बनाउन मिल्दैन ।
सरकारले सचिव बढुवाको प्रक्रिया सुरु गरेको छैन । निमित्त सचिवलाई दैनिक प्रशासन चलाउनेबाहेक नया“ नीतिगत निर्णय गर्ने अधिकार नहुने भएकाले विभिन्न निकायको काम प्रभावित हुने स्थिति उत्पन्न भएको छ ।




No comments:

Post a Comment