Sunday, October 12, 2014

भोलि संवैधानिक परिषद बैठक

काठमाडौं, २६ असोज– दुई संवैधानिक निकाय अख्तियार दुरुपयोग अनुसन्धान आयोग र लोकसेवा आयोगमा रिक्त पदाधिकारी नियुक्तिको सिफारिस गर्न सोमबार संवैधानिक परिषदको बैठक बस्दैछ ।
प्रधानमन्त्री एवं परिषदका अध्यक्ष सुशील कोइरालाले अख्तियार र लोकसेवामा रिक्त पदाधिकारी नियुक्तिको एजेन्डामा छलफल गर्न सोमबार बिहानका लागि परिषदको बैठक बोलाएको जानकारी स्रोतले दिएका छन् ।
अख्तियारमा छ वर्षभन्दा लामो समयदेखि तीन आयुक्त पद रिक्त छ । लोकसेवा आयोगमा समेत दुई सदस्य पद रिक्त छन् । दुवै संवैधानिक अंगमा पदाधिकारी अपुग भएकाले तिनको कामकारबाही लामो समयदेखि प्रभावित छ ।

अख्तियार र लोकसेवामा प्रमुख सत्तारूढ दल कांग्रेस र एमाले तथा विपक्षी पार्टी एमाओवादीको भागबण्डामा परिषदले पदाधिकारी नियुक्तिको सिफारिस गर्ने तयारी भएको स्रोतले उल्लेख गरेको छ ।

No comments:

Post a Comment