Thursday, October 16, 2014

संविधानसभामा थप चार सदस्य मनोनीत

प्राधिकरण्ँ प्रबन्ध निर्देशकमा काफ्ले
काठमाडौं, ३० असोज– मन्त्रिपरिषदले एमाओवादीको कोटामा संविधानसभामा चार सदस्य मनोनयन गरेको छ । मन्त्रिपरिषदको बिहीबार बसेको बैठकले एमाओवादीका दिवंगत नेता पोष्टबहादुर बोगटीकी धर्मपत्नी राममाया बोगटी, पूर्वसचिव जनकराज जोशी, वामपन्थी बुद्धिजीवी श्याम श्रेष्ठ र बझाङका एमाओवादी नेता जनकबहादुर बुढालाई सभासद मनोनीत गरेको हो ।
यसअघि नै कांग्रेस, एमाले र राप्रपा नेपालको कोटामा मन्त्रिपरिषदबाट मनोनयन हुने २६ सभासदमध्ये १८ जना मनोनीत भइसकेका छन् । अब बा“की चार सिटमा मधेसी दलबाट २ र साना दलबाट २ जना मनोनीत गर्न बा“की छ । साना दल र मधेसीले नाम सिफारिस नगरिसकेकाले मनोनयन गर्न बा“की रहेको हो ।

प्राधिकरण्ँ प्रबन्ध निर्देशकमा काफ्ले
सरकारले विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा मुकेश काफ्लेलाई नियुक्त गरेको छ । मन्त्रिपरिषद बैठकले ऊर्जा मन्त्रालयको प्रस्तावमा प्राधिकरणमा सञ्चालक समितिको सदस्य रहिसकेका काफ्लेलाई कार्यकारी निर्देशकमा नियुक्त गरेको हो । काफ्ले इन्जिनियरिङ विषयका प्राध्यापक हुन् ।
ऊर्जा मन्त्रालयले खुल्ला प्रतिस्पर्धाबाट कार्यकारी निर्देशक छनौट गर्दा काफ्ले दोस्रो नम्बरमा सिफारिस भएका थिए । पहिलो नम्बरमा छनौट भई कार्यकारी निर्देशक नियुक्त रामेश्वर यादवविरुद्ध कमसल गुणस्तरको ट्रान्सफर्मर खरिद प्रकरणमा अख्तियारले विशेष अदालतमा मुद्दा दायर गरेपछि सर्वोच्च अदालतले उक्त पदमा काफ्लेलाई नियुक्त गर्न आदेश दिएको थियो ।
राससमा बस्न्यात
मन्त्रिपरिषदले राष्ट्रिय समाचार समिति (रासस) को कार्यकारी महाप्रबन्धकमा श्रीरामसिंह बस्न्यातलाई नियुक्त गरेको छ । बस्न्यात राससमै कार्यरत वरिष्ठ पत्रकार हुन् ।


No comments:

Post a Comment