Thursday, October 16, 2014

गंगामायालाई अनसन तोड्न सरकारको अनुरोध

काठमाडौं, २९ असोज– सरकारले गंगामाया अधिकारीलाई आफ्नो स्वास्थ्य दिनानुदिन बिग्र“दै गएको यथार्थलाई आत्मसात गरी आमरण अनसन तोड्न बुधबार पुनः अनुरोध गरेको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयद्वारा जारी विज्ञप्तिमा सरकारले गंगामायालाई आफ्नो उपचारमा संलग्न विशेषज्ञ चिकित्सकको सल्लाहअनुसार औषधि सेवन गर्न र खाना खाइदिन अनुरोध गरेको उल्लेख छ । 

गंगामाया छोरा कृष्णप्रसाद अधिकारीको ०६१ सालमा माओवादी कार्यकर्ताद्वारा भएको हत्यामा संलग्न दोषीलाई कानुनी कारबाहीको माग गर्दै झन्डै एक वर्षअघि अर्थात् कात्तिक २८ देखि आमरण अनसनमा बस्दै आएकी छिन् । सोही मुद्दालाई लिएर आमरण अनसनरत उनका पति नन्दप्रसादको निधन भइसकेको र गंगामायाको समेत स्वास्थ्य स्थिति बिग्र“दै गएकाले सरकारले उनलाई अनसन तोड्न पुनः आग्रह गरेको हो । सरकारले यसअघिसमेत उनलाई पटकपटक अनसन तोड्न अनुरोध गरेको थियो ।
विज्ञप्तिमा माओवादीद्वारा अतिक्रमित गंगामायाको परिवारको चलअचल सम्पत्ति फिर्ता गराउने, उचित क्षतिपूर्ति र गाउ“मा फर्केमा सुरक्षाको प्रबन्ध गर्ने निर्णय यसअघि नै सरकारले गरिसकेको र कृष्णप्रसादको हत्यामा संलग्न दोषीमाथि चितवन जिल्ला अदालतमा मुद्दा दायर भई कानुनबमोजिम कारबाही हुने क्रममा रहेकाले आमरण अनसन बस्नुपर्ने कुनै कारण नरहेको जिकिरसमेत सरकारले गरेको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जारी गरेको  प्रेस विज्ञप्ति

गोरखा जिल्ला फुजेल गा।वि।स। वडा नं ७ का कृष्णप्रसाद अधिकारीको मिति २०६१।२।२४ मा हत्या भएको घटनाको बिषयलाई लिएर लामो समयदेखि अनसनरत गंगामाया अधिकारीको स्वास्थ्य दिनानुदिन विग्रदै गइरहेकोमा नेपाल सरकार गम्भीर भएको छ। 

नेपाल सरकार, मन्त्रिपरिषद्को मिति २०७०।५।२३ को निर्णयले नन्दप्रसाद र गंगामाया अधिकारीको भोगचलन, स्वामित्वमा रहेको चल अचल सम्पत्तिबाट विस्थापति हुनु परेकोले विस्थापित भएको कारणबाट भएको क्षतिपूर्तिको सन्दर्भमा नेपाल सरकारले राहत, पूर्ववत पूनर्स्थापना, उचित क्षतिपूर्ति र सूरक्षाको भरपर्दो प्रबन्ध गर्ने प्रतिबद्धता जनाई सकेको र कृष्णप्रसाद अधिकारीको हत्या भएको घटनाको मुद्दा नेपाल सरकार बादी भई चितवन जिल्ला अदालतमा विचाराधिन रहेकोले स्वतन्त्र र सक्षम न्यायालयबाट कानूनसम्मत ढंगबाट प्रदान हुने न्याय प्रति विश्वास गर्दै आफ्नो जीवन रक्षाका लागि जारी अनसन अन्त गर्न नेपाल सरकारको तर्फबाट पटक पटक अनुरोध गरेको बिषय यस अवसरमा स्मरण गराउदै उपचारमा संलग्न विशेषज्ञ चिकित्सकहरुको सल्लाह अनुसार नियमित रुपमा औषधि सेवन गर्न र खाना खाईदिन नेपाल सरकारको तर्फबाट हार्दिक अनुरोध गर्दछु । 

यसैबीच अनशनरत गंगामाया अधिकारीको स्वास्थ्य प्रति चिन्तित हुँदै राष्ट्रिय मानव अधिकार आयोग र मानव अधिकार सम्बन्धी संघसस्था तथा व्यक्तिहरुबाट प्राप्त सुझाव र सल्लाह समेतलाई मध्यनजर राख्दै उहाँको स्वास्थ्य स्थितिको नियमित रेखदेख गर्न र यस सम्बन्धमा नेपाल सरकारलाई उपयुक्त राय सुझाव दिन शान्ति तथा पूननिर्माण मन्त्रालयका सहसचिवको संयोजकत्वमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गृह मन्त्रालय र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहसचिवहरु सदस्य रहेको उच्चस्तरीय समिति गठन गरेको व्यहोरा समेत जानकारी गराउँछु।

साथै द्वन्दकालमा नोकरी छोड्न बाध्य पारिएको भन्दै पुनर्वहाली वा उपयुक्त व्यवस्थापनको माग राखी रत्नपार्क शान्ति बाटिकामा २०७१।६।६ देखि आमरण अनशन बसेका द्वन्द पिडित सेना  प्रहरी राष्ट्रिय संघर्ष समितिका सदस्यहरुसँग वार्ता गरी आन्दोलन अन्त गराउन शान्ति तथा पूननिर्माण मन्त्रालयकै सहसचिवको संयोजकत्वमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय र गृह मन्त्रालयका सहसचिव सदस्य रहने गरी समिति गठन गरेकोले चालु अनसन अन्त्य गरी वार्ताद्वारा समस्या समाधान गर्न प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय हार्दिक अनुरोध गर्दछ।

मिति स् २०७१।६।२९।४
‘‘‘‘‘‘‘‘
९शान्तराज सुवेदी०
सचिव
प्र।म। तथा म।प।को कार्यालय
सिंहदरवार, काठमाडौं।

No comments:

Post a Comment