Sunday, October 19, 2014

विदेशमा बस्ने नेपालीद्वारा बाढीपीडितलाई ८ लाख सहयोग

काठमाडौं, २ कात्तिक–  बेल्जियम, फ्रान्स र जापानमा कार्यरत नेपालीहरूले मुलुकमा केही समयअघि गएको बाढी पहिरोबाट पीडितलाई करिब ८ लाख सहयोग गरेका छन् । ती देशमा बस्ने नेपालीका संघसंस्थाका प्रतिनिधिले आइतबार प्रधानमन्त्री सुशील कोइरालालाई भेटी सहयोग रकम हस्तान्तरण गरेका थिए ।
प्रधानमन्त्री कार्यालयका अनुसार जनसम्पर्क समिति बेल्जियमका सदस्य भीम जोशी र गैरआवासीय नेपाली संघको आईसीसी सदस्य जानकी गुरुङले ४ लाख १२ हजार, फ्रान्समा बस्ने नेपालीहरूका तर्फबाट भरत रानाले २ लाख ३५ हजार तथा अन्तराष्ट्रिय नेपाली समाज जापान र नेपाली ग्रुपले १ लाख ३० हजार रुपैया“ सहयोग गरेका छन् । 
समाजका महासचिव पुस्कर थापाले रकम प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा रकम जम्मा गरेका थिए ।

No comments:

Post a Comment