Tuesday, October 28, 2014

पोखरा विश्वविद्यालयका १४ जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दायर

काठमाडौं, ११ कात्तिक– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जथाभावी सम्बन्धन दिएको र भवन निर्माण्ँमा अनियमितता गरेको अभियोगमा पक्राउ परेका पोखरा विश्वविद्यालयका उपकुलपति, रजिस्ट्रार र पदाधिकारीसहित २४ जनाविरुद्ध मंगलबार विशेÈ अदालतमा मुद्दा दायर गरेको छ ।
अख्तियारका प्रवक्ता श्रीधर सापकोटाका अनुसार पोखरा विश्वविद्यालयमा व्यापक आर्थिक भ्रष्टाचार भएको फेला परेकाले उपकुलपति प्रा. खगेन्द्र भट्टराई, रजिस्ट्रार मानबहादुर केसीसहित पूर्व तथा वर्तमान पदाधिकारी र कर्मचारीविरुद्ध मुद्दा दायर गरिएको हो । अभियोगपत्रमा अख्तियारले विश्वविद्यालयको २ करोड २४ लाख १६ हजार रुपैया“ अनियमितता भएको जिकिर गरिएको छ ।

विश्वविद्यालयका पदाधिकारीहरूस“ग भ्रष्टाचार भएको रकम बराबर बिगो असुल उपर गर्न तथा सोही बराबर जरिवाना असुल गर्न अभियोगपत्रमा मागदाबी गरिएको छ । अख्तियारले भ्रष्टाचार निवारण्ँ ऐन बमोजिम उनीहरुलाई जनही अधिकतम पा“च वर्Èसम्मको कैद सजाय गर्न माग गरिएको छ । 
अख्तियारले गत साउन १५ देखि विश्वविद्यालयमा छानबिन थालेको थियो । अख्तियारको केन्द्रबाटै खटिएका र पश्चिमाञ्चल Ôेत्रीय कार्यालयका कर्मचारीले लगातार एक साता विश्वविद्यालयमै बसेर कागजात नियन्त्रण्ँमा लिई छानबिन गरेका थिए । बयानमा ३६ जनालाई बोलाइए पनि केहीलाई भने संलग्नता नदेखिएको भन्दै सफाइ दिइएको छ ।

मुद्दा दायर भएकाहरू
प्रा. खगेन्द्र भट्टराई, उपकुलपति
डा. इन्द्रप्रसाद तिवारी, तत्कालीन कार्यकारी परिÈद सदस्य तथा पूर्व डिन
प्रा. डा. भवानीप्रसाद पाण्डे, तत्कालीन कार्यकारी परिÈद सदस्य
ज्ञानेश्वर शर्मा, तत्कालीन कार्यकारी परिÈद सदस्य
चन्द्रमण्ँि पौडेल, तत्कालीन कार्यकारी परिÈद सदस्य
ईश्वरचन्द्र बानिया, तत्कालीन कार्यकारी परिÈद सदस्य
दीपकराज पौडेल, कार्यकारी परिÈद सदस्य
डा. मानबहादुर केसी, रजिस्ट्रार
हरिबहादुर खड्का, योजना महाशाखा प्रमुख
यादव थापा, लेखा उपप्रशासक
रवीन्द्रप्रसाद बराल लेखाका उपप्रशासक
प्रा. डा. केशरजंग बराल, पूर्वउपकूलपति
डा. ओमप्रकाश शर्मा, पूर्व रजिस्ट्रार
सुरेशप्रसाद बा“स्तोला, विज्ञान तथा प्रविधि संकाय डिन
डा. कणर््ँवीर पौडेल, व्यवस्थापन संकाय डिन तथा पूर्व परीÔा नियन्त्रक
बलराम भट्टराई, परीÔा नियन्त्रक
पूणर््ँचन्द्र शर्मा, कामु परीÔा नियन्त्रक
पदमबहादुर शाही। कन्सल्टेन्ट प्रमुख
विनोदप्रसाद ढकाल, प्राविधिक शाखा प्रमुख
होमबहादुर थापा, उपप्रशासक
गोवद्र्धन भट्टराई, उपप्रशासक
रामेश्वर भण्डारी, ठेकेदार

No comments:

Post a Comment