Monday, October 27, 2014

गाडी दुर्घटनामा दोषी सबैलाई कारबाही गर्ने निर्णय

काठमाडौं, १० कात्तिक– प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयले नुवाकोट, गोरखा र ओखलढुंगामा गम्भीर लापर्बाहीका कारण गाडी दुर्घटना भएको देखिएको उल्लेख गर्दै उक्त बाटामा पर्ने सुरक्षा निकायका प्रमुखसहित सम्बन्धित जिम्मेवार पदाधिकारीलाई तत्काल जिम्मेवारीबाट हटाई कारबाही गर्ने निर्णय गरेको छ ।
मुख्यसचिव लीलामणि पौडेलको कार्यकक्षमा प्रधानमन्त्री कार्यालयका सचिव शान्तराज सुवेदी, गृह सचिव सूर्य सिलवाल, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव तुलसी सिटौला तथा यातायात र सुरक्षास“ग सम्बन्धित अधिकारीको आइतबार बसेको बैठकले गम्भीर लापर्बाहीका कारण भएको दुर्घटनाका दोषी सबैलाई कारबाही गर्ने निर्णय गरेको हो ।
चालकहरूको गम्भीर लापर्बाही, त्यस क्षेत्रमा रहेका सुरक्षाकर्मी, यातायात व्यवस्था कार्यालय, व्यवसायीको कमजोर अनुगमन र नियमनका साथै सवारी साधनमा क्षमताभन्दा बढी यात्रु बोक्ने प्रवृत्तिबाट दुर्घटना भएको निष्कर्ष निकाल्दै बैठकले सम्बन्धित दोषी सबैलाई कारबाही निर्णय गरेको जानकारी प्रधानमन्त्री कार्यालयले दिएको छ ।
प्रधानमन्त्री कार्यालयका अनुसार बैठकले नुवाकोट, गोरखा र ओखलढंगामा भएको गाडी दुर्घटनाका चालकको लाइसेन्स एक वर्षभित्रको भएमा खारेज गर्ने र दिने यातायात कार्यालयका जिम्मेवार अधिकारीलाई कारबाही गर्ने निर्णयसमेत गरेको छ । अस्थायी रुट परमिटका कारण दुर्घटना भएको पाइएमा त्यस्तो अनुमति दिने अधिकारीलाई समेत जिम्मेवारीबाट हटाई कारबाही गर्ने निर्णयसमेत बैठकले गरेको छ ।
यातायात व्यवसायी समितिहरूले संस्थागत रूपमा सञ्चालन गरेका सवारी साधन दुर्घटना भएको पाइएमा तिनका गाडी तत्काल सञ्चालनमा रोक लगाई सडक सुरक्षाको प्रत्याभूति भएपछिमात्र चलाउन दिने निर्णयसमेत भएको जानकारी प्रधानमन्त्री कार्यालयले दिएको छ ।
बैठकले सडक दुर्घटना न्यूनीकरण गर्न चालकलाई दिइने लाइसेन्स वितरण प्रणाली, चालकको उमेर, योग्यता, सवारी सञ्चालनको रुट परमिट, सडकमा ड्युटीमा बस्ने सुरक्षाकर्मीको दायित्व तथा जिम्मेवारी स्पष्ट किटान गरी कार्यान्वयनमा ल्याउन र भविष्यमा यस प्रकारका दुर्घटना नदोहोरिने सुनिश्चितता गर्न गृह र भौतिक पूर्वाधार मन्त्रालयलाई निर्देशनसमेत दिएको छ ।



प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जारी गरेको  प्रेस विज्ञप्ति

विगत केही दिन देखि देशका विभिन्न भागमा निरन्तर सवारी साधनहरुको दुर्घटनाबाट भएको अत्यधिक जनधनको क्षति प्रति प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको गम्भिर ध्यानाकर्षण भएको छ । यस्ता प्रकृतिका दुर्घटनाहरु चालकहरुको गम्भिर लापरवाही, त्यस क्षेत्रमा रहेका सुरक्षाकर्मी, यातायात व्यवस्था कार्यालय एवं यातायात व्यवसायीको कमजोर अनुगमन र नियमनका साथै सवारी साधनमा क्षमता भन्दा बढी यात्रु बोक्ने प्रवृत्तिको कारणबाट हुन गएको देखिन्छ । यसै क्रममा डोटी, नुवाकोट, गोरखा र ‌ओखलढुङ्गामा भएका सवारी दुर्घटनाको सम्बन्धमा मुख्य सचिव लीलामणि पौड्यालको कार्यकक्षमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव शान्तराज सुवेदी, गृह सचिव सूर्य सिलवाल, भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालय सचिव तुलसी प्रसाद सिटौला लगायत यातायात तथा सुरक्षासँग सम्बद्ध उच्च अधिकारीहरु सहितको बैठकबाट तत्काल कारवाहीको लागि निम्नानुसार निर्णय भएको व्यहोरा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव शान्तराज सुवेदीले बताउनु भयो।
ज्ञ। नुवाकोट,‌ओखलढुङ्गा र गोरखामा भएको सवारी साधन दुर्घटना गम्भिर लापरवाहीको कारणले भएको देखिएकोले उक्त क्षेत्रको बाटोमा पर्ने सुरक्षा निकायका प्रमुख तथा जिम्मेवार पदाधिकारीलाई तत्काल जिम्मेवारीबाट हटाई कारवाही गर्ने ।
द्द। उक्त दुर्घटनामा संलग्न भएका सवारी चालकले लाइसेन्स लिएको अवधि एक बर्ष भित्रको भएमा निजको लाइसेन्स खारेज गर्ने र लाइसेन्स दिने जिम्मेवार निकायका पदाधिकारीलाई समेत कारवाही गर्ने ।‍
घ। अस्थायी रुट परमिटको कारणबाट दुर्घटना भएको भएमा त्यस्तो रुट परमिटको स्वीकृत दिने जिम्मेवार अधिकारीलाई कार्य जिम्मेवारीबाट हटाई कारवाही गर्ने ।
द्ध। यातायात व्यवसायी समितिले संस्थागत रुपमा सञ्चालन गरेको सार्वजनिक सवारी साधनहरुबाट दुर्घटना भएको भएमा त्यस्ता व्यवसायीहरुसँग आवद्ध सवारी साधन सञ्चालन गर्न तत्काल रोक लगाई सडक सुरक्षाको पूर्ण प्रत्याभूती भएपछि मात्र त्यस्ता संस्थाका सवारी साधन चल्न पाउने व्यवस्था गर्ने । यस्तो कार्यबाट सर्वसाधरण यात्रुलाई पर्न जाने मर्कालाई ध्यानमा राखी भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयले वैकल्पिक व्यवस्था मिलाउने ।
छ। डोटी जिल्लामा भएको दुर्घटनाको यथाशिघ्र छानविन प्रतिवेदन प्राप्त गरी प्रतिवेदनमा देखिएका दोषीहरुलाई हदै सम्मको कानूनी कारवाही गर्ने ।
यसका साथै सचिव सुवेदीका अनुसार सडक दुर्घटना न्यूनीकरण गर्न चालकलाई उपलब्ध गराउने लाइसेन्स वितरण प्रणाली, चालकको उमेर तथा योग्यता, सवारी साधन सञ्चालन इजाजत पत्र९रुट परमिट०, सवारी साधन सञ्चालन हुने मार्गमा रहने सुरक्षा कर्मीहरुको दायित्व तथा जिम्मेवारी समेत स्पष्ट किटान गरी गृह एवं भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयले कार्यान्वयनमा ल्याउने र भविष्यमा यस प्रकारका घटनाहरु नदोहोरिने सुनिश्चितता गर्ने निर्देशन समेत प्रधानमन्त्री कार्यालयले दिएको छ।
मिति स् २०७१।७।९
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय।

No comments:

Post a Comment