Monday, October 27, 2014

तपस्वी बम्जनद्वारा प्रधानमन्त्रीसित भेट

काठमाडौं, १० कात्तिक– बारा जिल्लाको हलखोरियास्थित जंगलमा तपस्या गर्दै आएका तपस्वी रामलाल बम्जनले प्रधानमन्त्री सुशील कोइरालासित भेटवार्ता गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा लक्ष्मीपूजाका दिन बम्जनले कोइरालासित भेटवार्ता गरेको जानकारी मन्त्रिपरिषद सचिवालय स्रोतले दिएको छ ।
भेटका क्रममा बम्जनले आफूले छ वर्षसम्म तपस्या गरेको बाराको हलखोरियास्थित जंगललाई सरकारका तर्फबाट धार्मिक वन घोषणा गरी संरक्षण गर्न प्रधानमन्त्रीलाई आग्रह गरेका थिए ।

 प्रत्युत्तरमा प्रधानमन्त्रीले सम्बन्धित निकायस“ग सल्लाह गरी उक्त जंगललाई धार्मिक वन घोषणा तथा संरक्षण गर्ने आश्वासन दिएकोसमेत स्रोतले उल्लेख गरेको छ । बम्जनले परराष्ट्र मन्त्रालयबाट रामलाल बम्जनको नाममा राहदानीसमेत लिएका छन् ।

No comments:

Post a Comment