Tuesday, October 7, 2014

बस दुर्घटनाको छानबिन गर्न उच्चस्तरीय समिति गठन

काठमाडौं, २१ असोज– सरकारले डोटीमा सोमबार भएको भीषण बस दुर्घटनाको छानबिन गर्न मंगलबार अधिकारसम्पन्न उच्चस्तरीय समिति गठन गरेको छ । उक्त दुर्घटनामा परी २९ जनाको मृत्यु हुनुका साथै ४० जनाभन्दा बढी घाइते भएका छन् ।
समितिलाई बसमा क्षमताभन्दा यात्रु चढाउने गाडी सञ्चालक, बाटामा चेकजा“ज गर्नुपर्ने प्रहरी या उक्त सडकको मर्मतसम्भारको जिम्मेवारी लिएका अधिकारीलगायत ज–जसका कारणले दुर्घटना भएको हो, तिनलाई कारबाहीको सिफारिससहितको प्रतिवेदन दिने अधिकार दिइएको जानकारी भौतिक पूर्वाधार मन्त्रालयका सचिव तुलसी सिटौलाले दिए ।

सरकारले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सहसचिव रवीन्द्र श्रेष्ठको संयोजकत्वमा ट्राफिक प्रहरी महाशाखा, सडक विभाग, यातायात व्यवस्था विभाग र यातायात व्यवसायी महासंघका प्रतिनिधि रहेको समिति गठन गरेको छ । सरकारका तर्फबाट भौतिक पूर्वाधार मन्त्रालयले समिति गठन गरेको हो ।
सिटौलाका अनुसार समितिलाई डोटीमा भएकोजस्तो बस दुर्घटना मुलुकभर कही“ पनि दोहोरिन नदिन सरकारले चाल्नुपर्ने कदमका बारेमा सुझाव प्रतिवेदन दिनसमेत अख्तियारी दिइएको छ । समितिले काम सुरु गरेको १५ दिनभित्र सरकारलाई प्रतिवेदन बुझाउनुपर्नेछ । भौतिक पूर्वाधार मन्त्रालयले बस दुर्घटनामा परी २९ जनाको मृत्यु र ४० जनाभन्दा बढी यात्रु घाइत भएकामा सरकारका तर्फबाट गम्भीर दुःखसमेत प्रकट गरेको छ ।

No comments:

Post a Comment