Monday, October 27, 2014

विवादास्पद झासहित दुई महानिर्देशकको सरुवा

काठमाडौं, १० कात्तिक– सरकारले भूमिसुधार मन्त्रालय मातहतका दुई महत्वपूर्ण विभागका महानिर्देशक हेरफेर गरेको छ । नापी विभागका विवादास्पद महानिर्देशक नागेन्द्र झालाई भूमिसुधार मन्त्रालयको योजना महाशाखामा सरुवा गरिएको छ । 
नापी विभागका उपमहानिर्देशक मधुसुदन अधिकारीलाई महानिर्देशकमा बढुवा गरिएको छ । भूमिसुधार तथा व्यवस्थापन विभागका महानिर्देशक तेजराज पाण्डेलाई भूमिसुधार मन्त्रालयमा सरुवा गरिएको छ । 

मन्त्रालयका सहसचिव रोहितकुमार भट्टराईलाई भूमिसुधार विभागको महानिर्देशकको जिम्मेवारी दिइएको छ । भूमिसुधार मन्त्रालयले दुई वर्षभन्दा बढी महानिर्देशक भइसकेका झा र पाण्डेलाई सामान्य प्रशासन मन्त्रालयको सहमति लिएर उनीहरूको सरुवा गरेको हो ।

No comments:

Post a Comment