Monday, October 6, 2014

अनुसन्धानको दुई एआईजीमा रेग्मी र भट्टको बढुवा

बढुवामा वरिष्ठता मिचियो
काठमाडौं, २० असोज– सरकारले राष्ट्रिय अनुसन्धान (गुप्तचर) विभागका दुई नायव महानिरीक्षक (डीआईजी) दिलीपराज रेग्मी र देवराज भट्टलाई अतिरिक्त महानिरीक्षक (एआईजी) पदमा बढुवा गरेको छ । मन्त्रिपरिषदको सोमबार बसेको बैठकले अनुसन्धानका वरिष्ठ डीआईजीद्वय रेग्मी र भट्टलाई एआईजीमा बढुवा गरेको जानकारी सरकारका प्रवक्ता सूचना तथा सञ्चारमन्त्री मिनेन्द्र रिजालले जानकारी दिए ।
मन्त्रिपरिषदले अनुसन्धानको बढुवामा वरिष्ठता मिचेको छ । सबभन्दा वरिष्ठ डीआईजी भट्टलाई रेग्मीपछि दोस्रो वरियतामा राखी बढुवा गरेर वरिष्ठता मिचिएको हो । भट्ट रेग्मीभन्दा वरिष्ठ हुन् । गृह मन्त्री वामदेव गौतमको प्रस्तावमा भट्टलाई दोस्रो वरियतामा राखी बढुवा गरिएको जानकारी मन्त्रिपरिषद स्रोतले दिएको छ । एक नम्बरमा बढुवा भएकाले रेग्मी अनुसन्धानको भावी प्रमुखका स्वभाविक उम्मेदवार भएका छन् ।
गौतमले भट्टलाई बढुवा नै गर्न चाहेका थिएनन् । त्यही कारण अनुसन्धानमा दुई एआईजी पद रिक्त भएको लामो समय भइसक्ता पनि उनले सुरुमा बढुवाको प्रस्ताव मन्त्रिपरिषद लगेनन् । बढुवा नभएको भए भट्टले डीआईजीको पा“चवर्षे पदावधि पूरा गरी बुधबार अनिवार्य अवकास पाउ“थे ।
गौतमले भट्टको ठाउ“मा तेस्रो वरियताका कनिष्ठ डीआईजी विनोदसिंह ठाकुरलाई एआईजीमा बढुवा गर्न चाहेका थिए । त्यही कारण गौतम भट्टले अवकास पाएपछिमात्र एआईजी बढुवाको प्रस्ताव मन्त्रिपरिषदमा लाने तयारीमा थिए । तर, प्रधानमन्त्री सुशील कोइरालाले भट्टमाथि अन्याय नगर्न गौतमलाई दबाब दिएपछिमात्र उनले बढुवाको प्रस्ताव मन्त्रिपरिषदमा लगेका हुन् । भट्टलाई बढुवा गर्न नै बिदाको दिन मन्त्रिपरिषदको बैठक बोलाई निर्णय गरिएको हो ।




No comments:

Post a Comment