Tuesday, October 14, 2014

बाढीपीडितलाई सवा चार लाख सहयोग
काठमाडौं, २८ असोज– विभिन्न संघसंस्थाले बाढीपहिरोपीडितलाई करिब सवा चार लाख रुपैया“ सहयोग गरेका छन् । ती संघसंस्थाले सोमबार प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम जम्मा गरेको जानकारी मन्त्रिपरिषद सचिवालयले दिएको छ ।

 चितवन एड ट्रष्ट यू केका तर्फबाट पूर्वउपाध्यक्ष एवं सल्लाहकार टीका पौडेलले सोमबार बिहान २ लाख रुपैया“को चेक प्रधानमन्त्री सुशील कोइरालालाई हस्तान्तरण गरेका छन् ।

नेपाल टेलिभिजनमा कार्यरत कर्मचारीहरूले बाढीपीडितको सहयोगार्थ १ लाख १० हजार १ सय ४८ रुपैया“ प्रदान गरेका छन् । हिमालयन युथ सोसाइटी कतारले पनि प्रधानमन्त्री दैवि प्रकोप उद्वार कोषमा १ लाख ७ हजार ९ सय रुपैया“ प्रदान गरेको छ । सोसाइटीका सल्लाहकार रामेश्वर पौडेल र सचिव विनोद सापकोटाले प्रधानमन्त्रीलाई चेक प्रदान गरेका थिए ।


No comments:

Post a Comment