Tuesday, March 27, 2018

मैनाली र अर्याल सल्लाहकार नियुक्त

काठमाडौं, १२ चैत– प्रधानमन्त्री केपी ओलीको जनसम्पर्क सल्लाहकारमा अच्युत मैनाली र प्रेस सल्लाहकारमा डा. कुन्दन अर्याल नियुक्त भएका छन् । सोमबार मन्त्रिपरिषद् बैठकले एमाले केन्द्रीय सदस्य मैनालीलाई जनसम्पर्क र पत्रकारिता विषयका उपप्राध्यापक डा. अर्याललाई प्रेस सल्लाहकार नियुक्त गरेको हो । अर्याल त्रिवि सेवा प्रवेशअघि पत्रकारितामा संलग्न थिए । 
मन्त्रिपरिषद् स्रोतका अनुसार मैनालीले राज्यमन्त्री र अर्यालले विशिष्ट श्रेणीसरहको तलबसुविधा पाउनेछन् ।  बैठकले रानीजमरा कुलरिया सि“चाइ आयोजनामा पर्ने जग्गाको मुआब्जा दिने, निर्वाचनका समयमा बम विस्फोटमा परी घाइते भएका र महिलाविरुद्ध हिंसाका पीडितको उपचार खर्च व्यहोर्ने निर्णयसमेत गरेको छ । 



No comments:

Post a Comment