Sunday, March 11, 2018

‘संवैधानिक इजलासमा महिला प्रतिनिधित्व अनिवार्य’

काठमाडौं, २६ फागुन– सर्वोच्च अदालतकी न्यायाधीश सपना प्रधान मल्लले सर्वोच्चमा रहेको संवैधानिक इजलासमा अनिवार्य रूपमा महिला प्रतिनिधित्व आवश्यक भएको बताएकी छन् ।
बार एसोसिएसनद्वारा महिला दिवसका अवसरमा शनिबार आयोजित ‘महिलाको आर्थिक, सामाजिक र सांस्कृतिक अधिकार ः उपलब्धि र चुनौती’ विषयक अन्तरक्र्रिया कार्यक्रममा उनले संवैधानिक इजलासमा महिला न्यायाधीशलाई ल्याउने तयारीसमेत नभएको उल्लेख गर्दै न्यायालयको सर्वोच्च निकायमा समेत महिलामाथि विभेद रहेको बताइन् ।

उनले संवैधानिक इजलासमा कम्तीमा एक जना महिला अनिवार्य रूपमा राख्नुपर्ने बताइन् । संवैधानिक इजलासमा प्रधानन्यायाधीशसहित पा“च न्यायाधीश रहने व्यवस्था छ । हाल संवैधानिक इजलासमा महिला न्यायाधीशलाई राखिएको छैन । 
मल्लले संवैधानिक इजलासमा मात्रै नभएर सातै प्रदेशमा मुख्य न्यायाधिवक्ता नियुक्त गर्दासमेत एकजना पनि महिला नपर्नु विडम्बनापूर्ण भएको बताइन् । महिला र पुरुषबीचको फरक क्षमतालाई कमजोरीका रूपमा लिन नहुने उनले बताइन् ।

No comments:

Post a Comment