Sunday, March 11, 2018

ओलीले न्यायालयलाई धम्क्याए : देउवा

काठमाडौं, २४ फागुन– कांग्रेस सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकारले न्यायालयलाई धम्क्याएर राज्य संयन्त्रमाथि नियन्त्रण जमाउन खोजेको आरोप लगाएका छन् । प्रधानमन्त्री ओलीले राष्ट्रिय सभामा मनोनीत तीन सदस्यलाई शपथ नगराउन भनी सर्वोच्च अदालतले दिएको अल्पकालीन अन्तरिम आदेशमाथि टिप्पणी गर्दै न्यायालयलाई राजनीति नगर्न आग्रह गरेका थिए । 
ओलीको अभिव्यक्ति आएकै भोलिपल्ट सर्वोच्चले राष्ट्रिय सभामा मनोनीत सदस्यलाई शपथ नगराउन दिएको अन्तरकालीन आदेशलाई निरन्तरता दिनुपर्ने आदेश दिएको छ ।

अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा महिला संघद्वारा बिहीबार पार्टी कार्यालय सानेपामा आयोजित कार्यक्रममा सभापति देउवाले ओलीको त्यही अभिव्यक्ति र अदालतको पछिल्लो आदेशप्रति इंगित गर्दै वाम गठबन्धन सरकारले राज्यका संवैधानिक अंगहरूमाथि हस्तक्षेप गरी नियन्त्रण जमाउन खोजेको आरोप लगाएका हुन् । उनले आफूअनुकूल राज्यसंयन्त्र दुरुपयोग गर्न प्रधानमन्त्री ओलीले न्यायालयलाई समेत धम्क्याएको आरोप लगाए । उनले सरकारको हस्तक्षेपकारी र निरंकुश क्रियाकलापको सशक्त प्रतिकार गर्न पार्टी र भ्रातृ संगठनलाई सुदृढ बनाउन आग्रहसमेत गरे ।

No comments:

Post a Comment