Thursday, March 29, 2018

१२ दिन सार्वजनिक बिदा कटौती

स्थानीय तहमा ५७३५४ कर्मचारी
काठमाडौं, १४ चैत– सरकारले १२ दिन सार्वजनिक बिदा कटौती गरेको छ । मुलुकमा सार्वजनिक बिदा बढी भयो भनेर विरोध भइरहेका बेला बुधबार बसेको मन्त्रिपरिषद् बैठकले गृह मन्त्रालयको प्रस्तावमा बिदा कटौतीको निर्णय गरेको हो । मन्त्रिपरिषद्ले कुनै जाति, समुदाय, धर्म या भेग विशेषको चाडबाड र संस्कृतिका आधारमा राष्ट्रव्यापी बिदा दिने परम्परालाई समेत अन्त्य गरेको छ । अब त्यस्ता बिदा सम्बन्धित जाति, समुदाय, धर्म या भेग विशेषलाई मात्र दिने निर्णय भएको जानकारी पर्यटनमन्त्री रवीन्द्र अधिकारीले दिए । अब ल्होसार, क्रिसमस, छठ, माघीजस्ता बिदा सम्बन्धित समुदाय, धर्मावलम्बी या भेग विशेषलाई मात्र दिइनेछ ।
कटौती गरिएका बिदामा गणतन्त्र दिवस, लोकतन्त्र दिवस, राष्ट्रिय एकता दिवस, सहिद दिवस र राष्ट्रिय प्रजातन्त्र दिवस छन् । अब लोकतन्त्रका नाममा संविधान दिवसमा मात्र सार्वजनिक बिदा दिइने जानकारी अधिकारीले दिए । संविधान दिवसलाई राष्ट्रिय उत्सवका रूपमा मनाइनेछ । ‘अब संविधान दिवसबाहेक अरू दिवसमा समारोह हुन्छ, तर सार्वजनिक बिदा हुनेछैन,’ उनले भने ।

सरकारले बडादसैंमा दिइ“दै आएको बिदासमेत घटाएको छ । दसैंको घटस्थापना, द्वादशी र कोजाग्रत पूर्णिमाका दिनमा दिइ“दै आएको बिदा कटौती गरिएको छ । त्यसैगरी रामनवमी, श्रीकृष्ण जन्माष्टमी, जनैपूर्णिमा, ऋषिपञ्चमीका दिन दिइ“दै आएको बिदासमेत कटौती गरिएको छ ।
अब वर्षभरिका ५२ वटा शनिबार र अन्य सार्वजनिक बिदा १६ दिनसहित गरेर ६८ दिन मात्र बिदा हुनेछ ।
स्थानीय तहमा ५७३५४ कर्मचारी
सरकारले केन्द्रीय मन्त्रालयमा रहने कर्मचारीको दरबन्दी कटौती गर्दै स्थानीय तहमा ५७ हजार ३ सय ५४ कर्मचारी पठाउने भएको छ ।  मन्त्रिपरिषद् बैठकले स्थानीय तहको संगठन संरचना र दरबन्दीसम्बन्धी प्रस्ताव पारित गर्दै स्थानीय तहमा रहने कर्मचारीको संख्या निर्धारण गरेको हो । कति कर्मचारी स्थानीय तहमा रहने भन्ने तय नहु“दा स्थानीय सरकार बनेपछि काम राम्ररी हुन सकेको थिएन । संघमातहत रहेका कर्मचारी समायोजनबाट स्थानीय तह जानेछन् । प्रत्येक तहमा कति कर्मचारी रहने भन्ने स्पष्ट भएको छ ।
संघमा रहने २१ वटा मन्त्रालयमा रहने कर्मचारीको दरबन्दी कटौती भएको छ । हाल ३ हजार २ सय ६० कर्मचारी रहेकामा अब २ हजार ६ सय ५४ कर्मचारी मात्र रहनेछन् । संघमा रहने मन्त्रालयबाट १८.५९ प्रतिशत कर्मचारी कटौती गरिएको सञ्चार राज्यमन्त्री गोकुल बा“स्कोटाले जानकारी दिए  ।
मन्त्रालयहरूमा समग्र दरबन्दी कटौती भए पनि प्रधानमन्त्री कार्यालयमा संख्या बढेको छ । प्रधानमन्त्री कार्यालयमातहत धेरैवटा निकाय ल्याइएका छन्् । त्यसैले त्यहा“ दरबन्दी बढेको हो । ऊर्जा, मन्त्रालय, महिला मन्त्रालयमा पनि केही संख्या बढाइएको छ । मन्त्रिपरिषद् बैठकले ‘क्याबिनेट डाक्टर××’ का रूपमा विशिष्ट श्रेणीको सुविधा पाउने गरी डा. दिव्यासिंह शाह र डा. दिलिप शर्मालाई नियुक्त गर्ने निर्णय पनि गरेको छ ।



No comments:

Post a Comment