Thursday, March 8, 2018

राष्ट्रपतिका लागि मनोनयन बुधबार

काठमाडौं, २२ फागुन– संघीय गणतन्त्र नेपालको तेस्रो राष्ट्रपतिका लागि बुधबार उम्मेदवारी मनोनयन दर्ता गर्ने कार्यक्रम छ । सविधानसभा र राष्ट्रियसभाको निर्वाचनपछि फागुन २९ (आगामी मंगलबार) राष्ट्रपति चयन गर्न निर्वाचन हु“दैछ ।  राष्ट्रपति चुनावका लागि बुधबार १० देखि अपराह्न २ बजेसम्म उम्मेदवारी दर्ता गर्ने कार्यक्रम छ । 
राष्ट्रपति चयन गर्न मतदानको समय बिहान १० बजेदेखि अपराह्न ३ बजेसम्म तोकिएको छ । निर्वाचन आयोगका अनुसार चुनाव कार्यक्रम अनुसार बिहीबार सा“झ ६ बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिनेछ ।  आयोगले मंगलबार राष्ट्रपति चुनावका लागि मतदाता नामावलीको अन्तिम सूची सार्वजनिक गरेको छ ।  आयोगका अनुसार राष्ट्रपति चुनावमा प्रतिनिधिसभा, राष्ट्रियसभा र प्रदेशसभाका सदस्य गरी ८ सय ८० जनाले मतदान गर्न पाउने संवैधानिक व्यवस्था छ, जसमध्ये ४ जनाको नाम मतदाताको सूचीमा छैन । 

सरकारको सिफारिसमा राष्ट्रपतिबाट राष्ट्रियसभामा मनोनीत तीन जना युवराज खतिवडा, रामनारायण बिडारी र बिमला पौडेल राई तथा प्रदेशसभा सदस्य राजीव गुरुङ (दीपक मनाङे) को नाम भने छैन । राष्ट्रियसभामा मनोनीत तीनै जना सवोच्च अदालतको अन्तरिम आदेशका कारण सपथग्रहण रोकिएकाले मतदाता हुन नपाएका हुन् । गुरुङलाई ज्यान मार्ने उद्योगमा सर्वोच्च अदालतले सजाइ सुनाइसकेकाले उनी कानुनतः निलम्बित भइसकेका छन् । प्रतिनिधिसभा सदस्य रेशम चौधरीको नाम मतदाता नामावलीमा भए पनि पुर्पक्षका लागि थुनामा रहेकाले उनले मतदान गर्न पाउने छैनन् । 
राष्ट्रपति चयन गर्न नया“ बानेश्वरस्थित संघीय संसद भवनमा मतदान केन्द्र तोकिएको छ । मुलुकमा राजतन्त्र अन्त्य भई गणतन्त्र स्थापनापछि कांग्रेस नेता डा. रामवरण यादव पहिलो राष्ट्रपति भएका थिए भने दोस्रो राष्ट्रपतिका रूपमा विद्या भण्डारी कार्यरत छिन् । 

No comments:

Post a Comment