Saturday, March 24, 2018

प्रधानमन्त्रीको सल्लाहकार र सचिवालय समूह छरितो बनाइने

अब ४७ को सट्टा २८ जनामात्र राखिने
काठमाडौं, ८ चैत– मन्त्रिपरिषद्ले प्रधानमन्त्री केपी ओलीको सल्लाहकार र स्वकीय सचिवालय सानो र छरितो बनाउने निर्णय गरेको छ । मन्त्रिपरिषदको बुधबार बसेको बैठकले प्रधानमन्त्रीको सल्लाहकार र स्वकीय सचिवालय छरितो बनाउने कार्यविधि पारित गरेको हो ।
कार्यविधिमा सल्लाहकार र स्वकीय सचिवालय समूहमा अब २८ जनामात्र राख्ने व्यवस्था गरिएको छ । यसअघिका प्रधानमन्त्रीले सल्लाहकार र स्वकीय सचिवालय समूहमा ४७ जनासम्म राख्ने गर्थे । सरकारको आर्थिक मितव्ययिता अपनाउने नीतिअनुरूप प्रधानमन्त्रीको सल्लाहकार र स्वकीय सचिवालयमा संख्या कटौती गरिएको हो । खर्च कटौती गर्न प्रधानमन्त्री र मन्त्रीका स्वकीय सचिवालयमा सहसचिव या उपसचिवभन्दा तल्लो तहका कर्मचारीमात्र राखिनेछ ।

सरकारले आफ्नो कामकारबाहीलाई प्रभावकारी ढंगले अघि बढाउन मन्त्रिपरिषद् मातहतमा विभिन्न पा“च विषयगत समिति गठन गरेको छ । प्रधानमन्त्रीको संयोजकत्वमा राजनीतिक समिति, अर्थमन्त्रीको संयोजकत्वमा आर्थिक तथा पूर्वाधार समिति, रक्षामन्त्रीको संयोजकत्वमा प्रशासन समिति, गृहमन्त्रीको संयोजकत्वमा सामाजिक समिति र कानुनमन्त्रीको संयोजकत्वमा विधेयक समिति गठन गरिएको हो ।

No comments:

Post a Comment