Sunday, March 11, 2018

मिडियालाई नियन्त्रण गर्न खोज्नु गलत : मुख्यमन्त्री राई

काठमाडौं, २६ फागुन– प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले सञ्चारमाध्यममाथि अंकुश लगाउन खोज्नु गलत भएको बताएका छन् । काठमाडौंमा रिपोर्टर्स क्लबद्वारा शनिबार आयोजित कार्यक्रममा पूर्वसञ्चारमन्त्रीसमेत रहेका राईले संविधानले नै प्रेस स्वतन्त्रताको ग्यारेन्टी गरेकाले कसैले पनि मिडियामा अंकुश लगाउन सम्भव नरहेको बताए ।
राईले तीनै तहमा नागरिक सरकार बनिसकेकाले संविधानविपरीतका कुनै पनि काम हुन नदिइने बताए । ‘सर्वोच्च अदालतले कान्तिपुरमाथि जुन अवहेलनाको मुद्दा लगाइरहेको छ । यसको निरूपण संविधानबमोजिम आफ्नो मर्यादालाई ख्याल गरेर, संविधानको मूल मर्म र भावनाअनुरूप गर्नुपर्छ,’ उनले भने, ‘मिडियामाथि नियन्त्रण र अंकुशको कुनै गुञ्जायस रह“दैन ।’

राईले मिडियामाथि नियतपूर्वक नियन्त्रण गर्ने हिसाबले अंकुश लगाउन खोज्नु र निसाना बनाउनु गलत भएको बताए । ‘संविधानमा पूर्ण प्रेस स्वतन्त्रताको व्यवस्था गरेका छौं । कसैले पनि मिडियामाथि अंकुश लगाउन र निसाना बनाउन सक्तैन,’ उनको भनाइ थियो ।
मुख्यमन्त्री राईले प्रदेश १ को राजधानी र नामांकन जेठ महिनाअगाडि नै हुने जानकारी दिए । ‘छिट्टै औपचारिक रूपमै राजधानी र प्रदेश नामांकनको प्रस्ताव प्रदेश संसद्मा लैजा“दैछौं,’ उनले भने । उनले नामांकन र राजधानीका विषयमा सरकारले सहजीकरणको भूमिकामात्रै निर्वाह गर्ने उल्लेख गर्दै भने, ‘प्रदेशसभाको दुई तिहाइले राजधानी र प्रदेशको नाम टुंग्याउ“छ ।’ 
कसैको दबाब, आक्रोश र भावनामा प्रदेश राजधानीको निर्णय र प्रदेशको नामांकन हुन नसक्ने स्पष्ट पार्दै मुख्यमन्त्री राईले भने, ‘सबैको भावना र प्रस्तावलाई समेट्ने प्रयास हुन्छ ।’

No comments:

Post a Comment