Thursday, July 5, 2018

प्रतिनिधिसभा कार्यव्यवस्था परामर्श समिति बन्यो

काठमाडौं, २० असार– प्रतिनिधिसभाअन्तर्गतको कार्यव्यवस्था परामर्श समितिले बुधबार पूर्णता पाएको छ । सभामुख कृष्णबहादुर महराको अध्यक्षतामा रहेको समितिमा उपसभामुख उपाध्यक्ष र कानुनमन्त्री पदेन सदस्य हुने व्यवस्था छ । कार्यव्यवस्था परामर्श समिति सरकारले तोकेको मन्त्रीसित परामर्श गरी संसद् बैठकको कार्यसूची तय गर्ने महŒवपूर्ण समिति हो । 
समितिमा प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने चार दलका १४ सांसद चयन भएका छन् । समितिमा नेपाल कम्युनिस्ट पार्टीबाट देवप्रसाद गुरुङ, खगराज अधिकारी, जयपुरी घर्ती, भानुभक्त ढकाल, रेखा शर्मा, शान्ता चौधरी, रामेश्वर राय यादव, पवित्रा निरौला खरेल, कांग्रेसबाट बालकृष्ण खा“ड, दिलेन्द्र बडु, पुष्पा भुसाल गौतम, पार्वती डीसी चौधरी, राष्ट्रिय जनता पार्टीबाट राजकिशोर यादव र संघीय समाजवादी फोरमबाट उमाशंकर अरगडिया सदस्य छन् ।


No comments:

Post a Comment