Wednesday, July 11, 2018

मुस्ताङ दुर्घटनामा मर्नेको परिवारलाई ५/५ लाख राहत

काठमाडौं, २५ असार– सरकारले मुस्ताङको स्याङबोचेमा टिपर दुर्घटनामा परी मृत्यु भएका २० जनाको परिवारलाई ५ लाख रुपैया“का दरले राहत उपलब्ध गराउने घोषणा गरेको छ । प्रतिनिधिसभासभामा गृहमन्त्री रामबहादुर थापाले मन्त्रिपरिषदको आइतबार बसेको बैठकले टिपर दुर्घटनामा परी मृत्यु भएकाहरूको परिवारलाई राहतस्वरुप ५ लाखका दरले आर्थिक सहायता दिने निर्णय गरेको जानकारी दिए ।
शुक्रबार मुस्ताङको स्याङ्बोचेमा टिपर दुर्घटनामा परी काली गण्डकी कोरिडोर निर्माण कार्यमा संलग्न २० मजदुरको मृत्यु भएको थियो । दुर्घटनामा चालकसहित रोल्पाका ९, दाङका ६, धादिङका १, स्याङ्जाका १, ओखलढुंगाका १, कपिलवस्तुका १ र कैलालीका १ जनाको मृत्यु भएको थियो । गृहमन्त्री थापाले घटनामा घाइते भएका १२ जनाको पोखरास्थित मणिपाल शिक्षण अस्पतालमा उपचार भइरहेको उल्लेख गदै उनीहरूको सम्पूर्ण उपचार खर्च सरकारले बेहोर्ने जानकारी दिए ।


No comments:

Post a Comment