Thursday, July 5, 2018

नरेन्द्र श्रेष्ठको फोटो सर्वोत्कृष्ट

काठमाडौं, २१ असार– फोटो पत्रकार क्लबद्वारा बिहीबार आयोजित आईएमई–ग्लोबल–आईएमई नेपाल फोटो प्रतियोगितामा नरेन्द्र श्रेष्ठको फोटो सर्वोत्कृष्ट भएको छ । श्रेष्ठले अघिल्लो वर्ष सप्तरीको कुलारी गाउ“मा बाढीका कारण मृत्यु भएका पा“च वर्षीय बालकलाई अभिभावकले कोसी नदीमा बगाउ“दै गरेको फोटो यस वर्षको ‘फोटो अफ द इयर’ घोषित भयो । श्रेष्ठले उपाधिसहित एक लाख रुपैया“ पुरस्कार प्राप्त गरेका छन् । 
दीपेन्द्र रोक्काको फोटोले ‘शिखर इन्स्योरेन्स नेपाल स्माइल’ विधामा जित्यो भने नरेन्द्र श्रेष्ठको फोटो दोस्रो तथा सुरज श्रेष्ठको फोटो तेस्रो भएको छ । ‘आईएमएस डेली लाइफ’ विधामा सुनिता डंगोलको फोटो प्रथम भयो भने दुर्गा राना मगरको फोटो दोस्रो तथा केशव थापाको फोटो तेस्रो भएको छ । 

कान्तिपुरका फोटो पत्रकार अंगद ढकालले अर्घाखा“ची सिमेन्ट न्युज विधाको उपाधि जिते । कान्तिपुरकै संजोग मानन्धरको फोटो दोस्रो तथा स्कन्द गौतमको फोटो तेस्रो भयो । नेपाल टेलिकम नेचर एन्ड वाइल्डलाइफ विधाको पुरस्कार श्रीराम खत्रीले जितेका छन् । यही विधामा उम्मिद शाक्यको फोटो उपविजेता बन्यो भने कान्तिपुरकै हेमन्त श्रेष्ठको फोटो तेस्रो भयो । कल्चर एन्ड टुरिजममा किरण श्रेष्ठ पहिलो, दिनेश श्रेष्ठ दोस्रो र अजय मानन्धर तेस्रो भए । डिसहोम एक्सन स्पोर्टस विधाको उपाधि प्रतीक रायमाझीले जिते । यही विधामा रवि उपाध्यायको फोटो दोस्रो तथा उज्वलचन्द्र बुद्धाचार्यको फोटो तेस्रो भए । 
नेप्टोस फोटो स्टोरीमा मनीष पौडेलको फोटो प्रथम भयो भने हेमन्त श्रेष्ठकै फोटो उपविजेता तथा नरेन्द्र श्रेष्ठको फोटो तेस्रो भयो । प्रत्येक विधामा पहिलो, दोस्रो र तेस्रो हुनेले क्रमशः तीस हजार, बीस हजार र दस हजार पुरस्कार प्राप्त गरे । फोटो प्रतियोगिताका निर्णायक मण्डलका सदस्य तथा बाह्रखरी डटकमका प्रधानसम्पादक प्रतीक प्रधानले गुणस्तरीय, कलात्मक र राम्रो कम्पोजिसनलगायत फोटोका अन्य पाटोलाई हेरेर उत्कृष्ट फोटो छानिएको बताए । ‘फोटो अफ दि इयर’ का विजेता श्रेष्ठले आफूले पुरस्कारबापत पाएको रकम बाढीमा ज्यान गुमाएका कमल सदाका अभिभावकलाई ७० हजार र स्व. पत्रकार यादव थपलियाको परिवारलाई ३० हजार रुपैया“ घोषणा गरे ।
उत्कृष्ट घोषित भएका तस्बिरहरू आगामी साउन १५ देखि २१ सम्म बबरमहलस्थित नेपाल आर्ट काउन्सिलमा प्रदर्शनीमा राखिनेछ । राजधानी बाहिर विराटनगर, भैरहवा, पोखरा, नेपालगन्ज र धनगढीमा समेत प्रदर्शनी गरिने जानकारी फोटो पत्रकार क्लबले दिएको छ ।

No comments:

Post a Comment