Thursday, July 26, 2018

उपप्रधानमन्त्रीको दबाबमा रोकियो उडान

काठमाडौं, ९ साउन– सत्तासीन नेताले कतिसम्म पदीय रवाफ देखाउन सक्छन् भन्ने उदाहरण बनेका छन् उपप्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादव । पदकै आडमा उनले मंगलबार काठमाडौंबाट बैंकक उड्नै लागेको थाई विमान झन्डै ४५ मिनेट रोक्न बाध्य पारिदिएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल स्रोतले जनाएको छ ।
यादवले आफू विमानस्थल पुग्न ढिलो भएपछि थाई एअरवेजका कर्मचारीलाई दबाब दिएर उडान ४५ मिनेट पछाडि सार्न लगाएको विमानस्थल अध्यागमन कार्यालयका एक अधिकारीले बताए । ती अधिकारीका अनुसार यादव मंगलबार हतारहतार कूटनीतिक राहदानी (रातो पासपोर्ट) बनाएर बैंकक जाने तयारीमा थिए । विमान बिहान १ः३० मा काठमाडौंबाट उड्ने समयतालिका थियो । तर, यादवका कारण २ः१५ मा मात्र उड्यो । ‘यादव विमानस्थल जाने बेला निवासमा राहदानी खोज्दा पाइएन, नया“ बनाएर जा“दा एअरपोर्ट पुग्न ढिलाइ भएको हो,’ मन्त्रीनिकट स्रोतले भन्यो ।

उनी विमानस्थल पुग्दा थाई विमान ढोका बन्द गरेर उड्न लागिसकेको थियो । यादवका तर्फबाट विमानस्थल अधिकारीले दबाब दिएपछि थाई विमान ४५ मिनेट प्रतीक्षा गर्न बाध्य भयो । उडान ढिलो हु“दा बैंकक हु“दै अन्य गन्तव्य जान लागेका थुप्रै यात्रुको ‘कनेक्टिङ फ्लाइट’ छुटेको थाई एअरवेजका कर्मचारीले जानकारी दिए ।
कर्मचारीका अनुसार यादव विमानस्थल पुग्दा यात्रुलाई बोर्डिङ पास दिइसकेको थाई एअरवेजको काउन्टर बन्द भइसकेको थियो । क्याप्टेन विमानको ढोका बन्द गरेर उडाउने तयारीमा थिए । तर, यादवले पदीय प्रभावमा बन्द भइसकेको विमानको ढोका खोल्न लगाए ।
यादवका सहयोगीले विमान उड्न बा“की रहेकाले मन्त्रीका लागि केही समय पर्खिन अनुरोध गरिएको, पदीय प्रभाव भने नपारेको दाबी गरे । थाई एअरवेजका कर्मचारीले भने भीआईपी (उपप्रधानमन्त्री) आफ्नो विमानमा जा“दै छन् भन्ने जानकारीसमेत आफूहरूले नपाएको बताए । जबकि भीआईपीको उडानबारे पहिल्यै जानकारी दिने चलन छ । ‘जहाजको ढोका बन्द गरेपछि खोल्ने गरि“दैन । उपप्रधानमन्त्री यादवले आफ्नो शक्ति प्रयोग गरेर विमानको नियमित उडान तालिकालाई ४५ मिनेट प्रभावित पार्नुभयो । त्यसले गर्दा बैंककबाट कनेक्टिङ फ्लाइट भएका थुप्रै यात्रुले उडान छुटाए,’ थाई एअरवेजका कर्मचारीले भने । उनका अनुसार यादवको दबाब आएपछि मात्र थाई एअरवेजले आफ्नो विमानमा भीआईपी उडदै छन् भन्ने थाहा पाएको हो । थाई एअरवेजको काउन्टर बन्द भइसकेकाले यादवलाई हस्तलिखित बोर्डिङपास दिइएको स्रोतले उल्लेख गरेको छ । पूर्वनिर्धारित तालिकाअनुसार थाइल्यान्डको महिडोल विश्वविद्यालयमा जुलाई २५ र २६ मा स्वास्थ्यसम्बन्धी कार्यक्रममा सहभागी हुन यादव बैंकक गएका हुन् । यादव साउन ११ गते स्वदेश फर्कने कार्यक्रम छ ।

No comments:

Post a Comment