Thursday, July 5, 2018

गंगामायाको जीवन रक्षा गर्न आग्रहको आग्रह

काठमाडौं, २१ असार– राष्ट्रिय मानव अधिकार आयोगले छोरा कृष्णप्रसाद अधिकारीको हत्याका दोषीलाई कानुनी कारबाही माग गर्दै आमरण अनशनरत गंगामाया अधिकारीको जीवन रक्षाका लागि अविलम्ब आवश्यक पहल गर्न सरकार र न्यायसम्बद्ध सबै पक्षलाई विशेष आग्रह गरेको छ । 
आयोगका तर्फबाट प्रवक्ता मोहना अन्सारीद्वारा बिहीबार जारी विज्ञप्तिमा न्याय प्राप्तिजस्तो आधारभूत अधिकारका लागि लामो समयदेखि वीर अस्पतालमा अनशनरत गंगामायाको अवस्था गम्भीर एवं जटिल बन्दै गएको प्रति संवेदनशील भई तत्काल आवश्यक पहल गर्न सरकारलाई आग्रह गरिएको छ ।

विज्ञप्तिमा आयोगले सरकारलाई पत्राचार एवं सिफारिस गर्नुका साथै जिम्मेवार सरकारी अधिकारीस“ग पटकपटक छलफल गरी ध्यानाकर्षण गराउ“दासमेत कृष्णप्रसादको हत्या सम्बन्धमा सर्वोच्च अदालतबाट भएको आदेशको कार्यान्वयन प्राथमिकतामा नपर्नु दुःखद भएको उल्लेख गरिएको छ ।

No comments:

Post a Comment