Friday, July 20, 2018

कांग्रेसद्वारा जुम्लामा भएको दमनको विरोध

काठमाडौं, ३ साउन– कांग्रेसले आमरण अनसनरत डा. गोविन्द केसीलाई राजधानीमा ल्याउने क्रममा जुम्लामा बिहीबार सरकारी दमन भएको र सदनलाई छल्ने गरी संसद बैठर्क ८ दिन पर सारिएकामा आपत्ति जनाएको छ । कांग्रेसले डा. केसीको जीवन रक्षाका अध्यादेशको हुबहु कार्यान्वयन गर्नसमेत माग गरेको छ ।
कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माद्वारा जारी विज्ञप्तिमा चिकित्सा शिक्षा र सेवा सुधारका लागि तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाका पालामा आएको अध्यादेशलाई तोडमरोड गरी विधेयक संसदमा दर्ता गरिएको र सरकार क्रमशः अधिनायकवादउन्मुख शैलीमा गएका कारण स्थिति जटिल भएको दाबी गरिएको छ ।

‘डा. केसीको जीवन रक्षा गर्नु हामी सबैको दायित्व हो, तर उपचारका लागि काठमाडौं ल्याउने क्रममा जुम्लाको अस्पतालमै प्रहरी प्रवेश गरेर लाठी चार्ज गर्ने, अश्रुग्यास प्रहार गर्ने, अस्पतालको लाखौंको सम्पत्तिमा क्षति पु¥याउनेजस्ता सरकारको दमनकारी कार्यको कांग्रेस भत्र्सना गर्छ’ विज्ञप्तिमा छ । कांग्रेसले कर्णाली चिकित्सा विज्ञान प्रतिष्ठानका चिकित्सक, नर्स, विद्यार्थी एवं कैयन सर्वसाधारणमाथि प्रहरीले दमन गरेकामा समेत विरोध जनाएको छ ।
डा. केसीको माग सम्बोधन गर्न प्रतिपिक्षीस“ग परामर्श गर्नुपर्नेमा प्रतिनिधिसभा बैठक स्थगित गरी सरकारले गैर जवाफदेही क्रियाकलाप प्रदर्शन गरेको टिप्पणीसमेत कांग्रेसले गरेको छ । ‘समस्या समाधानको खोजी गर्ने थलो संसदलाई छलेर विषयलाई विषयान्तर गर्न सकिने भ्रमबाट मुक्त हुनसमेत कांग्रेस सरकारलाई सचेत गराउन चाहन्छ’ विज्ञप्तिमा छ । 

No comments:

Post a Comment