Monday, July 23, 2018

पूर्वराष्ट्रपति यादवले भेटे केसीलाई

जीवन रक्षा गर्न सरकारको ध्यानाकर्षण
काठमाडौं, ७ साउन– पूर्वराष्ट्रपति डा. रामवरण यादवले आमरण अनसनरत डा. गोविन्द केसीको जीवन रक्षाका गर्न सरकारलाई आग्रह गरेका छन् । यादवले सोमबार त्रिवि शिक्षण अस्पताल महाराजगंजमा पुगेर केसीको स्वास्थ्य स्थितिबारे जानकारी लिएपछि उनको जीवन रक्षाका लागि सरकारको ध्यानाकर्षण गराएका हुन् ।
सञ्चारकर्मीहरूसित कुरा गर्दै यादवले केसीको स्वास्थ्य स्थिति संवेदनशील भइसकेकाले तत्काल समस्या समाधान गर्न सरकार गम्भीर हुनुपर्ने बताए । केसीका माग वार्ताबाट छिटो समाधान गर्न सरकारलाई संवेदनशील बन्न आग्रह गरे । केसीका सहयोगी विशाल दाहालले केसीको स्वास्थ्य स्थिति कमजोर बन्दै गएको जानकारी गराएका थिए ।


No comments:

Post a Comment