Thursday, July 5, 2018

डा. केसीको शैली नै अधिनायकवादी ः गृहमन्त्री

‘गंगामायाको अनशन देशलाई पुरानै अवस्थामा फर्काउने खेल’
काठमाडौं, २० असार– गृहमन्त्री रामबहादुर थापाले आमरण अनशनका भरमा मुलुकको स्वास्थ्य नीतिलाई प्रभावित पार्न खोज्नु डा. गोविन्द केसीको अधिनायकवादी शैली भएको बताएका छन् । प्रतिनिधिसभाको बैठकमा बुधबार बोल्दै गृहमन्त्री थापाले केसीलाई गिरफ्तार नगरिएको र विरोध गर्न रोक नलगाइएको दाबी गरे । 
बैठकमा विशेष समय लिएर सांसदहरूले डा. केसी र गंगामाया अधिकारीको अनशनबारे सरकारको ध्यानाकर्षण गराएपछि जवाफ दि“दै उनले लोकतन्त्रका नाममा जहा“सुकै विरोध प्रदर्शन गर्न र आमरण अनशन बस्न नपाइने बताए । 
‘विरोध प्रदर्शन गर्ने अधिकारलाई कुण्ठित गरिएको छैन । अनशन बस्न पाइन्छ तर लोकतन्त्रका नाममा अतिसंवेदनशील र अत्यावश्यकीय क्षेत्रमा विरोध प्रदर्शन र अनशन बस्न पाइ“दैन,’ उनले भने । उनले लोकतन्त्रका जननी भनिएका देशमा समेत जहा“सुकै विरोध प्रदर्शन गर्न नपाइने दाबी गरे ।
केसीको अधिकारलाई दमन तथा कुण्ठित नगरिएको दाबीसमेत थापाको थियो । उनले अस्पतालजस्ता अतिसंवेदनशील ठाउ“हरूमा अनशन बस्न नमिल्ने बताउ“दै भने, ‘निषेधित ठाउ“ या अस्पतालबाहेक तपाईं अन्त गएर अनशन बस्न सक्नुहुन्न ?’

उनले जनताले विद्रोह र प्रतिगामीहरूले प्रतिविद्रोह गर्ने गरेको उल्लेख गर्दै ‘डा. केसीलाई विद्रोह गरेका हुन् ?’ भन्ने प्रश्न गरे । ‘अहिले मुलुकमा निर्वाचित सरकार र विधिको शासन छ । यो दलाल र राष्ट्रघातीको सरकार हो र विद्रोह गर्नुपर्ने ?’ उनले विद्रोह भए सरकारले सम्मान गर्ने उल्लेख गर्दै डा. केसीको अनशन विद्रोह नभएको दाबी गरे । केसीको मागबारे सरकारको कुनै अडान वा विमति नभएको तर कस्तो स्वास्थ्य नीति बनाउने भन्ने अधिकार जननिर्वाचित संसदको भएको उनले बताए । ‘जनप्रतिनिधिले हल गर्ने हो कि सडकमा अनशन बसेर हल गर्ने ? कुन लोकतान्त्रिक तरिका हो ? भन्ने प्रश्न गर्दै गृहमन्त्रीले भने, ‘अब विधेयक आउ“दै छ, कस्तो स्वास्थ्य नीति बनाउने भन्ने सदनले फैसला गर्ने हो । केसीले भनेजस्तै सडक र अनशनबाट कुनै विषयको समाधान हुन सक्दैन । यो लोकतान्त्रिक विधि होइन, अधिनायकवादी तरिका हो ।’
उनले डा. केसीले अनशन बस्न हतारो गरेको दाबीसमेत गरे । ‘अहिले पनि केही बिग्रिएको छैन । यसलाई अधिनायकवादी होइन, लोकतान्त्रिक तरिकाले हल गरौं । अल्पमतले होइन, बहुमतले निर्णय गरौं,’ उनले भने । 
गृहमन्त्री थापाले छोराको हत्यामा संलग्नलाई कारबाही माग गर्दै आमरण अनशन बसेकी गंगामाया अधिकारीको आन्दोलनलाई देशलाई पुरानै अवस्थामा फर्काउने षडयन्त्रको संज्ञा दिएका छन् । ‘जनयुद्धमा भएका घटनाको विषयलाई उचालेर गंगामायाले गर्दै आएको अनशन देशलाई पुरानै अवस्थामा फर्काउने खेल त होइन ?’ गृहमन्त्रीको प्रश्न थियो ।
उनले सशस्त्र द्वन्द्वकालमा भएका हत्याहिंसा र बेपत्ता पारिएका घटनाको निरूपण राजनीतिक ढंगबाट हल गर्नुपर्ने उल्लेख गर्दै त्यसमा प्रमुख दल सहमत भइसकेको दाबी गरे । ‘जनयुद्धका घटनालाई राजनीतिक ढंगले हल गर्नुपर्छ । यहा“ एउटा होइन १५÷१७ हजार गंगामाया छन् । समस्या हल गर्दा १५÷२० हजार गंगामायाको आ“सुलाई सम्झन जरुरी छ । यस्ता घटनालाई लोकतान्त्रिक तरिकाले हल गर्नुपर्छ । सरकार त्यसमा लागेको छ,’ थापाले भने ।
गृहमन्त्री थापाले गंगामायाको अनशन र मागलाई अतिरञ्जित गरेर राजनीतिक अस्थिरता पैदा गर्न खोजिएको आरोप लगाए । उनले अनशनरत केसी र गंगामायाको माग सम्बोधन गरिनेसमेत बताए । 
‘लागूऔषध कारोबारी को–को हुन् मलाई थाहा छ’
गृहमन्त्री रामबहादुर थापाले लागूऔषध कारोबारी को–को हुन् भन्ने आफूलाई थाहा भएको बताएका छन् । उनले लागूऔषध कारोबारी र व्यापारीको सम्पूर्ण विवरण सरकारस“ग रहेको दाबी गर्दै उनीहरूविरुद्ध कठोर कदम चालिने बताए । ‘लागूऔषध कारोबारीलाई कानुनको कठघरामा उभ्याउन सकेनौं भने हाम्रो समृद्धिको कल्पना फगत सावित हुनेछ,’ उनले भने, ‘अब सरकारले उनीहरूप्रति कठोर कदम चाल्नेछ ।’ थापाले समयमा काम नगर्ने र नसक्ने ठेकेदारविरुद्धको कारबाही अभियान जारी रहेको बताए । ‘विकास आयोजनाको ठेक्का लिएर समयमा काम पूरा नगर्नु कानुन उल्लंघन र गैरजिम्मेवारपूर्ण कदम हो । हामी कुनै पनि ठेकेदारलाई छुट दि“दैनौं,’ उनले भने, ‘समयमा काम नसक्नेहरू जनताको अदालत र कानुनको कठघरामा उभिनैपर्छ ।’





No comments:

Post a Comment