Thursday, July 5, 2018

मानव अधिकार आयोगद्वारा केसीको जीवन रक्षा गर्न माग

काठमाडौं, २१ असार– राष्ट्रिय मानव अधिकार आयोगले चिकित्सा शिक्षा र सेवा क्षेत्रको सुधारको माग राखी आमरण अनशनरत डा. गोविन्द केसीको स्वास्थ्य अवस्थाप्रति ध्यान दिन सरकारलाई आग्रह गरेको छ ।
आयोगका तर्फबाट प्रवक्ता मोहना अन्सारीद्वारा बिहीबार जारी विज्ञिप्तमा स्वास्थ्योपचारजस्तो आधारभूत मानव अधिकारको विषयमा उठाइएका मागप्रति संवेदनशील भई तत्काल केसीस“ग सरकारले विगतमा गरेका सम्झौता कार्यान्वयन गर्न पहल गरी उनको जीवन रक्षा गर्न माग गरिएको छ । 
आयोगले सर्वसाधारणको स्वास्थ्य सेवा पाउने हकप्रति सचेत रह“दै कुनै पनि पक्षबाट कतै पनि अत्यावश्यकीय स्वास्थ्य सेवा बन्द नगर्न÷नगराउनसमेत सम्बन्धित पक्षको ध्यानाकर्षण गराएको छ । 

केसी जुम्लामा असार १६ देखि अनसनरत छन् । आयोगले केसीलाई अनशनस्थलबाट तत्काल स्थानान्तरण गरी आवश्यक स्वास्थ्योपचारको व्यवस्था गर्न आयोगले सोमबार जिल्ला प्रशासन कार्यालय जुम्लालाई पत्राचारसमेत गरेको थियो । 
ट्रान्सपरेन्सी इन्टरनेसनल नेपालका अध्यक्ष तथा वरिष्ठ अधिवक्ता श्रीहरि अर्यालले बिहीबार विज्ञप्ति जारी गरी केसीको माग पूरा गरी जीवनरक्षा गर्न माग गरेका छन् । 

No comments:

Post a Comment