Wednesday, July 11, 2018

कांग्रेसलाई बलियो बनाउन एकजुट हुन आवश्यक ः देउवा

काठमाडौं, २५ असार– कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीलाई बलियो बनाउन सबै नेता–कार्यकर्तालाई एकजुट हुन आह्वान गरेका छन् ।  राजधानीमा सोमबार कांग्रेसका पुराना नेताहरूस“गको छलफल कार्यक्रममा उनले कांग्रेसलाई अन्तर्घातमुक्त र अनुशासित बनाई पुरानै अवस्थामा पु¥याउने प्रतिबद्धता व्यक्त गरे । उनले पार्टीलाई सुदृढ गर्न एक–अर्काविरुद्ध आरोप प्रत्यारोप त्यागेर एकजुट हुनुपर्ने बताए ।
उनले तत्कालीन एमाले र माओवादीबीचको चुनावी गठबन्धन र पार्टीभित्रको अन्तर्घातका कारण कांग्रेसले निर्वाचनमा पराजय भोगेको बताए । ‘चुनावमा टिकट एउटा व्यक्तिले पाउने हो, नपाउनेले हराउन लाग्नु त भएन नि’ उनले भने । उनले पार्टीमा उम्मेदवारी चयनमा केही कमजोरी भएको उल्लेख गर्दै आफ्नै साथीलाई दुश्मन देखेर अन्तर्घात गर्ने पार्टीभित्र रहेको प्रवृत्तिलाई अन्त्य गर्नुपर्ने बताए ।

कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले मुलुकमा अहिलेसम्म कांग्रेसको विकल्प नभएको उल्लेख गर्दै आगामी दिनमा विकल्प आउन सक्नेतर्फ सचेत रहन नेता कार्यकर्तालाई आग्रह गरे ।
उनले पार्टीमा निष्पक्ष न्याय र मूल्यांकनको व्यवस्था गर्न आवश्यक रहेको उल्लेख गर्दै कांग्रेसमा सुधारका लागि आत्मचिन्तन गर्नुपर्ने बताए ।
उनले प्रधानमन्त्री केपी ओलीको सरकार कर्मचारी र लोकतन्त्र पक्षधरलाई तर्साएर सामाजिक फा“सीवादतर्फ उन्मुख हुन थालेको दाबी गरे । पौडेलले मुलुक र लोकतन्त्र बचाउन कांग्रेस बलियो हुनुपर्ने विचार व्यक्त गरे ।
कांग्रेस संसदीय दलका उपनेता नेता विजयकुमार गच्छदारले गुट उपगुटयुक्त कांग्रेसले मुलुकको वर्तमान चुनौतीको सामना गर्न नसक्ने उल्लेख गर्दै सबै एक ढिक्का भएर पार्टीलाई बलियो बनाउनुपर्ने बताए ।

No comments:

Post a Comment