Monday, July 9, 2018

राजधानीमा मेडिकल कलेज खोल्न रोकिन्न : प्रधानमन्त्री


काठमाडौं, २३ असार– प्रधानमन्त्री केपी ओलीले चिकित्सा शिक्षा र सेवा सुधारको माग राखी आमरण अनशनरत डा. गोविन्द केसीलाई आन्दोलन छाडेर सरकारी कर्मचारीको मर्यादामा बस्न चेतावनी दिएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा प्रदेश २ का नेपाल कम्युनिस्ट पार्टीका सांसदहरूसित शनिबार विकास निर्माणबारे छलफल क्रममा ओलीले केसी जनताले तिरेको करबाट तलब खाने सरकारी प्राध्यापक भएकाले मर्यादामा बस्नुपर्ने बताए । उनले केसीले माग राख्दैमा काठमाडौं उपत्यकामा १० वर्षसम्म मेडिकल कलेज खोल्न रोक लगाउन नसकिनेसमेत बताएको छलफलमा सहभागी नेकपाका एक सांसदले जानकारी दिए । 
सरकार र डा. केसीबीच पटक–पटक भएको समझदारीमा काठमाडौंमा १० वर्षसम्म नया“ मेडिकल कलेज खोल्न नदिइने उल्लेख छ । ओलीले केसीलाई राजनीति गर्ने भए राजीनामा दिएर पार्टी प्रवेश गर्नसमेत चुनौती दिएका छन् । उनले केसीमाथि कांग्रेसको आडमा अनशन बसी राजनीति गरिरहेको उल्लेख गर्दै कुनै व्यक्तिलाई अगाडि सारेर मुद्दा बनाइएको भरमा त्यसलाई स्वीकार गर्न नसकिने बताए । 

‘निषेधाज्ञा हटदैन’
प्रधानमन्त्री ओलीले उपत्यकाका माइतीघर मण्डललगायत ठाउ“मा जारी गरिएको निषेधाज्ञा नहट्ने बताएका छन् । ‘दुनिया“को कुनै पनि मुलुकमा जहा“ मन लाग्यो, त्यही“ प्रदर्शन गर्न कहा“ पाइन्छ ? लोकतन्त्र भनेको छाडातन्त्र होइन,’ उनले भने । सर्वोच्च अदालतले माइतीघर मण्डलामा विरोध प्रदर्शनमा लगाइएको रोक हटाउन सरकारलाई अन्तरिम आदेश दिइसकेको छ । 

No comments:

Post a Comment