Tuesday, July 31, 2018

तीन सचिवको सरुवा, एकको बढुवा

काठमाडौं, १५ साउन– सरकारले विभिन्न निकायका तीन सचिवको सरुवा गरेको छ । मन्त्रिपरिषदको सोमबार राति बसेको बैठकले प्रधानमन्त्री तथा मन्त्रीपरिषदो कार्यालयका सचिव बुद्धिबहादुर खडालाई महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, प्रदेश नम्बर १ का प्रमुख सचिव सुरेश प्रधानलाई महालेखा नियन्त्रकमा र महालेखा नियन्त्रण कार्यालयका सचिव रामकुमार आचार्यलाई प्रधानमन्त्री कार्यालयमा सरुवा गरेको हो । प्रदेश नं. १ को प्रमुख सचिवमा भने कसैलाई पनि पठाइएको छैन ।
मन्त्रिपरिषदले गण्डकी प्रदेशका कायमुकायम प्रमुख सचिव नारायणप्रसाद बिडारीलाई विशिष्ट श्रेठी (सचिव) मा बढुवा गरेको छ । बिडारीलाई गण्डकी प्रदेशकै प्रमुख सचिवमा पदस्थापन गरिएको छ ।

नया“ मन्त्रालयको जिम्मेवारी मन्त्री खनाललाई
प्रधानमन्त्री केपी ओलीले कृषि मन्त्री चक्रपाणी खनाललाई भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको समेत कार्यभार दिएका छन् । अर्को व्यवस्था नभएसम्मका लागि खनाललाई नया“ मन्त्रालयको जिम्मेवारी दिइएको जानकारी प्रधानमन्त्री निकट स्रोतले दिएको छ ।
अघिल्लो मन्त्रिपरिषद बैठकले कृषि, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयलाई फुटाएर भूमि व्यवस्था, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयलाई बनाएको हो । नया“ मन्त्रालय हेर्ने जिम्मेवारी कसैलाई तोकिएको थिएन ।
वाणिज्य वार्ता गर्न समिति गठन
सरकारले भारतसितको वाणिज्य सन्धि पुनरावलोकन गर्न उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव रविशंकर सैंजुको नेतृत्वमा ८ सदस्यीय वार्ता टोली गठन गरेको छ । नेपाल–भारतबीच सन् २००९ मा वाणिज्य सन्धि भएको हो ।

No comments:

Post a Comment