Thursday, July 5, 2018

सरकार ज्ञानेन्द्रपथमा : कांग्रेस

सरकार लेनिनको लोकतान्त्रिक धारमा कि किम जोङ उनको संकुचित धारमा ? : भट्टराई
काठमाडौं, २० असार– संघीय संसदका दुवै सदनमा प्रतिपक्षी दलहरूले शान्तिपूर्ण प्रदर्शन गर्न पाउने संवैधानिक हकमाथि बन्देज लगाउने गरी निषेधित क्षेत्र घोषणा गरिएको र गंगामाया अधिकारी तथा डा. गोविन्द केसीको अनशनप्रति बेवास्ता भइरहेकामा आपत्ति जनाएका छन् । 
नया“ शक्ति पार्टीका संयोजक डा. बाबुराम भट्टराईले शान्तिपूर्ण विरोध प्रदर्शन गर्न पाउने जनअधिकारलाई कुण्ठित पारी सरकारले निषेधाज्ञा जारी गरेकामा रोष प्रकट गरेका छन् । प्रतिनिधिसभाको बैठकमा बुधबार विशेष समय लिएर बोल्दै उनले कम्युनिस्ट नेतृत्वको सरकारले लोकतान्त्रिक समाजवादविरोधी गतिविधि देखाउनु चिन्ताको विषय भएको बताए । उनले समाजवाद उन्मुख भन्ने सरकारले नै सामान्य लोकतान्त्रिक मूल्यमान्यता उल्लंघन गरेको बताए । ‘लोकतन्त्रका सामान्य मूल्यमान्यताविपरीत अधिकारका लागि धर्ना विरोध गर्न नपाउने गरी विभिन्न स्थानमा निषेधाज्ञा जारी गरिएको छ, यो लोकतन्त्रलाई संकुचित गर्ने काम हो,’ भट्टराईको भनाइ थियो । 

उनले लोकतान्त्रिक सरकारले विरोध प्रदर्शन गर्ने स्थान तोक्नु संविधानविपरीत भएको बताए । ‘सार्वजनिक रूपमा सभा जुलुस गर्न नपाउने र कुनाकाप्चाका गल्लीहरूमा जनताले नसुन्ने सरकारको पनि ध्यान नपुग्ने ठाउ“हरूमा विरोध प्रदर्शन गर्न पाउने भनेर जुन प्रकारको निर्णय गरिएको छ । यो लोकतन्त्र, समाजवाद, साम्यवाद सबैको मूल्यमान्यताविपरीत छ,’ उनले भने । उनले सरकार, सत्ता र पार्टीको विरोध गर्न नपाइने व्यवस्था लोकतान्त्रिक हुन नसक्ने बताए । 
यो सरकारले माक्र्स–लेनिनको लोकतान्त्रिक धारलाई कि स्टालिन, पोलपोट हु“दै किम जोङ उनको संकुचित धारलाई अनुशरण गरिरहेको छ भन्ने प्रश्न उनले गरे । ‘सरकार माक्र्सवादको कुन धारलाई पक्षपोषण गर्छ ? माक्र्स, लेनिन, रोजाहरूको लोकतन्त्रमा आधारित समाजवादको धारलाई यसले पक्षपोषण गर्छ कि स्टालिन, पोलपोट र किम जोङ उनको संकुचित प्रकारको लोकतन्त्रलाई अनुशरण गर्छ ? यो प्रस्ट गरियोस्,’ भट्टराईको भनाइ थियो ।
उनले चिकित्सा शिक्षा अध्यादेशलाई तोडमरोड गरी ल्याइएको विधेयक फिर्ता लिन सरकारसित माग गरे । ‘शिक्षा र स्वास्थ्य मुनाफाको विषय हुनै सक्दैन । माक्र्सवाद र समाजवादको कखरा हो यो । सबै जनताको आधारभूत मौलिक अधिकार हो । राज्यले सबै जनतालाई सर्वसुलभ ढंगले यो सुविधा उपलब्ध गराउनुपर्छ,’ उनले भने, ‘तर दुर्भाग्य हामीले शिक्षा र स्वास्थ्यजस्तो क्षेत्रलाई पनि मुनाफाको क्षेत्र बनायौं । त्यसले ठूलो विकृति विसंगति ल्याएको छ ।’ र, अझै अहिले समाजवादका मूल्यमान्यतामा आधारित रहेको अझ साम्यवादतर्फ उन्मुख रहेको पार्टीको सरकार बनेको बेलामा यी विकृति, विसंगतिलाई रोक्नुको सट्टामा प्रश्रय दिने गरी विधेयकको मस्यौदा हामीमाझ वितरण गरियो, त्यो अत्यन्तै प्रतिगमनकारी छ ।’ उनले केसीको अनशनप्रति समर्थन जनाउ“दै उनको स्वास्थ्यप्रति गम्भीर भएर जीवनरक्षा गर्न सरकारसित माग गरे । 
राष्ट्रिय सभामा कांग्रेसले शान्तिपूर्ण विरोध प्रदर्शनमाथि बन्देज लगाएर सरकार ज्ञानेन्द्रपथतिर लागेको आरोप लगाएको छ । राष्ट्रिय सभा बैठकमा विशेष समय लिएर बोल्दै कांग्रेस संसदीय दलका नेता सुरेन्द्र पाण्डेले सरकारका गतिविधिले ऊ पूर्वराजा ज्ञानेन्द्र शाहकै बाटोमा लागेको हो कि भन्ने आशंका बढाएको बताए । उनले प्रधानमन्त्री केपी ओली आफैं जनताको स्वतन्त्रताका लागि जेलनेल बसेको नेता भए पनि सत्तामा पुगेपछि त्यसलाई बिर्सेर असंवैधानिक बाटोमा हि“डेको आरोप लगाए । ‘लाखौं जनताले निषेधित क्षेत्र नतोडेको भए केपी ओली प्रधानमन्त्री हुनुहु“दैनथ्यो । अध्यक्ष महोदय पनि त्यो कुर्चीमा हुनुहु“दैनथ्यो,’ राष्ट्रिय सभा बैठकमा बोल्दै उनले भने, ‘यो सरकार किन ज्ञानेन्द्रपथतिर अघि बढदैछ ? बहुमतको दम्भमा सरकारले अधिनायकवादको बाटोमा जान जनताको आवाज कुण्ठित गर्ने षडयन्त्र गरिरहेको त होइन ?’
उनले संविधानले कुनै पनि नागरिकलाई बिना हातहतियार शान्तिपूर्वक हि“ड्डुल गर्न तथा प्रदर्शन पाउने अधिकार दिए पनि सरकारले कुण्ठित पारेको बताए । ‘हिजो पञ्चायतकालमा पनि, ज्ञानेन्द्रको कालमा पनि निषेधित क्षेत्र तोकिएको थियो । म स्मरण गराउन चाहन्छु । धेरै शाहहरू मात्र होइन धेरै तानाशाहहरू पनि जनताको अधिकारमाथि खेलवाड गर्दा आफ्नो शासन सत्ता छाडेर बाहिरिन बाध्य भएको इतिहास छ, नेपालमै पनि त्यस्तो इतिहास छ,’ उनको भनाइ थियो । । विगतमा निषेधाज्ञा नतोडिएको भए मुलुकमा संघीय लोकतान्त्रिक गणतन्त्र आउ“दैनथ्यो भन्दै उनले नेकपाका नेताहरूले सत्तामा पुगेपछि विगतको इतिहास बिर्सेर जनतालाई दमन गर्न खोजेको आरोप लगाए । ‘हामीले कुनै कुनाकाप्चामा गएर बोल्न आन्दोलन गरेका थिएनौं । सबैले देख्ने ठाउ“मा आन्दोलन गर्ने हो,’ पाण्डेले भने, ‘हिजो ज्ञानेन्द्रले पनि कुनाकाप्चा देखाएका थिए । अहिले लोकतन्त्रवादी भनिएका प्रधानमन्त्री ओलीजीले पनि ज्ञानेन्द्रले जस्तै कुनाकाप्चा देखाउन पुग्नुभयो । यो कस्तो विडम्बना हो ?’ पाण्डेले भने ।
उनले सरकार अधिनायकवादी सोचका साथ अघि बढेको आरोपसमेत लगाए । पाण्डेले चिकित्सा शिक्षा सुधारको माग राख्दै जुम्लामा अनशन बस्न जा“दा डा. केसीलाई धरपकड गरिएको भन्दै आपत्ति जनाए । छोराको हत्यामा संलग्नलाई कारबाहीको माग गर्दै अनशनरत गंगामाया अधिकारीको माग पूरा गर्न पनि उनले सरकारलाई आग्रह गरे ।







No comments:

Post a Comment