Tuesday, June 17, 2014

त्रिशुलीमा २० मेगावाटको सोलार प्लान्ट बनाइने

काठमाडौं, ३ असार– विद्युत् प्राधिकरणले नुवाकोटको त्रिशुलीमा २० मेगावाटको सोलार प्लान्ट निर्माण गर्ने भएको छ । प्राधिकरणले विश्व बैंकको ८३ मिलियन अमेरिकी डलर (करिब ८ अर्ब रुपैया“) सहयोगमा यसै वर्ष सोलार प्लान्ट निर्माण गर्न लागेको हो ।
विश्व बैंकले गर्ने सहयोगमध्ये ५५ प्रतिशत अनुदान र बा“की ४५ प्रतिशत सहुलियतपूर्ण ऋण रहने जानकारी प्राधिकरणका अधिकारीले दिए । ती अधिकारीका अनुसार प्राधिकरणले त्रिशुली र देवीघाट आयोजनाबीच नदी किनारको आफ्नै जग्गामा सोलार प्लान्ट बनाउनेछ ।
त्रिशुली नदी किनारामा घाम बढी लाग्ने र अरू जग्गा खोज्नुनपर्ने भएकाले उक्त ठाउ“ रोजिएको हो । सोलार प्लान्ट बनाउन प्रतिमेगावाट २० करोड रुपैया“ खर्च हुने अनुमान प्राधिकरणको छ ।
प्राधिकरणले सोलार प्लान्ट एक वर्षभित्रै बनाइसक्ने योजना बनाएको छ । राष्ट्रिय प्रसारण लाइनमा जोड्न सबस्टेसन बनाउनुनपर्ने भएकाले सोलार प्लान्ट एक वर्षभित्रै बनेर विद्युत् उत्पादन हुन थाल्नेछ । सोलार प्लान्टबाट निस्कने बिजुली चालू त्रिशुली जलविद्युत् आयोजनाको सबस्टेसनमा जोडेर राष्ट्रिय प्रसारणको ग्रिडमा जोडिनेछ ।
विश्व बैंकले सोलार प्लान्ट निर्माणका लागि टेन्डर डकुमेन्ट तयार गरिरहेको छ । टेन्डर डकुमेन्ट तयार हुनासाथ सोलार प्लान्ट निर्माणका लागि ठेक्का आह्वान हुने र आगामी आर्थिक वर्षभित्र पूरा गरिने जानकारी प्राधिकरणका अधिकारीले दिए ।

सोलारबाट विद्युत् उत्पादन गर्दा प्रतियुनिट लागत १५÷१६ रुपैया“ लागत पर्ने अनुमान प्राधिकरणको छ । यो सालार प्लान्ट राष्ट्रिय प्रसारण लाइनमा जोडिने दोस्रो आयोजना हुनेछ । यसअघि काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन बोर्डद्वारा राजधानीको सुन्दरीघाटमा निर्मित सौर्य प्लान्टबाट उत्पादित ऊर्जालाई प्राधिकरणले राष्ट्रिय प्रसारण लाइनमा जोडिसकेको छ । ६८०.४० किलोवाट क्षमताको सुन्दरीघाटको प्लान्टबाट वर्षेनि उत्पादन हुने ८ लाख ३० हजार युनिट बिजुलीमध्ये ६ लाख युनिट किन्दै आएको छ ।
त्रिशुलीमा बन्ने सोलारबाट घाम लागेको दिनमा बिहान ९÷१० बजेदेखि बेलुका ४ देखि ५ बजेसम्ममात्र २० बिजुली उत्पादन हुनेछ । नेपालमा सालाखाला ९ महिनामात्र घाम लाग्ने गर्छ ।
अफ पिक आवर (विद्युत्को माग कम हुने समय) मा उक्त सोलारबाट निस्कने बिजुलीले दिउ“सोको मात्र लोडसेडिङ घटाउन मद्दत पु¥याउनेछ ।
तर, बढी विद्युत् खपत हुने सा“झको समयमा सोलारबाट विद्युत् उत्पादन नहुने भएकाले यो आयोजनाले मुलुकको लोडसेडिङ घटाउन खासै भूमिका निर्वाह गर्ने छैन । प्राधिकरणले विश्व बैंकबाट अनुदान र सहुलियतपूर्ण ऋण प्राप्त भएकाले मात्र सोलार प्लान्ट लागिएको हो । प्राधिकरण आफैं लगानी गर्न या निजी क्षेत्रबाट बन्ने सोलार प्लान्टबाट उत्पादित बिजुली मह“गो हुने भएकाले किन्ने पक्षमा छैन ।

No comments:

Post a Comment