Saturday, June 14, 2014

अबको दुई वर्षमै इन्द्रावतीबाट पानी तानेर पाँचखालमा सिंचाइ

काठमाडौं, ३० जेठ– व्यावसायिक तरकारी खेतीको मुख्य ‘हब’ भए पनि काकाकुल काभ्रे जिल्लाको पाँचखालमा अबको दुई वर्षपछि सिंचाइका लागि पानीको अभाव हुने छैन । सरकारले राजधानीमा सबभन्दा बढी तरकारी आपूर्ति गर्ने पाँचखालमा सिंचाइ गर्न इन्द्रावती नदीबाट पानी तानेर ल्याउन ‘लिफ्ट इरिगेसन’ आयोजना निर्माण गर्ने भएको छ ।
बढी तरकारी तथा नगदे खेती हुने पा“चखालमा सिंचाइका लागि पानीको अत्यन्तै ठूलो समस्या छ । नजिकबाट सहज रूपमा सस्तो प्रविधिबाट पानी ल्याउने ठाउ“ नभएपछि टाढाको इन्द्रावती नदीलाई विकल्पका रूपमा रोजिएको हो । ‘व्यावसायिक खेतीका लागि सिंचाइ’ को नारा दिएर सिंचाइ मन्त्रालयले इन्द्रावतीबाट पा“चखालमा पानी ल्याउन सम्भाव्यता अध्ययन थालेको छ । 
पा“चखालले वर्षेनि ५० करोड रुपैया“भन्दा बढीको तरकारी उत्पादन गरी राजधानीमा पठाउ“छ । त्यही कारण पा“चखालको व्यावसायिक खेतीलाई प्रवद्र्धन गर्न त्यहा“ सिंचाइ सुविधा पु¥याउन सरकारले पहिलो प्राथमिकता दिएको हो । सम्भाव्यता र विस्तृत अध्ययन सकेपछि विद्युत्ीय प्रविधिबाट पानी तानेर पा“चखालमा सिंचाइ सुविधा उपलब्ध गराउने आयोजनाको निर्माण थालिने जानकारी सिंचाइ विभागका महानिर्देशक माधव बेल्वासेले जानकारी दिए । 

उनका अनुसार अध्ययन कार्य सकी आयोजना निर्माण कार्य सम्पन्न गर्न दुर्ई वर्ष लाग्नेछ । इन्द्रावतीको कुन्तावेसी भन्ने ठाउ“देखि पाइपबाट पानी २ सय ३४ मिटर माथि मण्डन डा“डामा तानेर पा“चखालमा झारी सिंचाइ गरिनेछ । पानी धेरै अग्लो ठाउ“मा ल्याउन दुई ठाउ“मा पम्पिङ (पानी तान्ने) स्टेसन बनाइनेछ ।
इन्द्रावतीबाट प्रतिमिनेट ५ सय लिटरका दरले पानी पा“चखालमा ल्याइनेछ । उक्त पानीबाट पा“चखालको ७ सय ७२ हेक्टर जमिनमा सिंचाइ गर्ने योजना छ । इन्द्रावतीबाट पानी तानेर पा“चखालमा ल्याउने आयोजना निर्माण गर्न १ अर्ब रुपैया“ खर्च लाग्ने अनुमान छ । इन्द्रावतीबाट प्रतिमिनेट ५ सय लिटरका दरले पानी तान्न ५ सय २६ किलोवाट बिजुली खर्च हुनेछ । इन्द्रावतीबाट चौबीसै घन्टा पानी ल्याउ“दा विद्युत्मा ंदैनिक १ लाख रुपैया“भन्दा बढी खर्च लाग्नेछ ।
इन्द्रावतीबाट पानी तान्दा बिजुलीमा हुने खर्च भने पा“चखालका किसानले बेहोर्नुपर्नेछ । हाल पा“चखालका किसान टाढाबाट पानी ल्याएर या तानेर एक रोपनीमा सिंचाइ गर्न वर्षको १३ हजार रुपैया“सम्म खर्च गर्न बाध्य छन् । आयोजनाबाट पानी आएपछि किसानबाट प्रतिरोपनी ५ सय रुपैया“का दरले सिंचाइ शुल्क लिने हो भने पनि आयोजना आर्थिक रूपमा दिगो हुन सक्ने विश्वास महानिर्देशक बेल्वासले व्यक्त गरे ।
बेल्वासेका अनुसार इन्द्रावतीबाट पा“चखालमा ‘ब्ल्यू वाटर पम्पिङ गरिनेछ’ (बालुवारहित पानीमात्र तानिनेछ ।) पा“चखालमा वर्षमा वर्षायामको चार महिनाबाहेक ८ महिना पानी तानेर सिंचाइ गरिनेछ । वर्षामा पानी तान्दा सिल्ट्रेसनको (बालुवाको) समस्या उत्पन्न हुने र मर्मत खर्च बढी हुने भएकाले वर्षायामबाहेक अरू बेलामात्र सिंचाइका लागि पानी तानिनेछ । आयोजनाको उद्धेश्य खासै फाइदा नहुने धान खेतीमा सिंचाइ गर्ने होइन । धान खेतीभन्दा अरू नगदे खेतीका लागि पानी आधाभन्दा कम आवश्यक हुन्छ । वर्षायाममा पा“चखालमा नगदे खेती लगाउन नदीबाट पानी तानेर ल्याउनु जरुरीसमेत नरहेको सिंचाइका अधिकारी बताउ“छन् ।
सिंचाइ मन्त्रालयले पा“चखालजस्तै व्यावसायिक खेतीका लागि सम्भाव्य भएका पा“चै विकास क्षेत्रका एक÷एक ठाउ“मा लिफ्ट इरिगेसन निर्माण गर्ने कार्यक्रम आगामी बजेटमा ल्याउने भएको । बिजुली, तान्नका लागि पर्याप्त पानी र व्यायसायिक खेतीका लागि जमिन भएका ठाउ“ छनौट गरेर कार्यक्रम अघि बढाइनेछ । ठाउ“ तय हुन बा“की रहेको सिंचाइका अधिकारी बताउ“छन् ।






No comments:

Post a Comment