Sunday, June 8, 2014

भदौदेखि मुग्लिन–नारायणगढ सडक विस्तार थालिने

विश्व बैंकको सहयोगमा ६ मिटरबाट बढाएर साढे ८ मिटर फराकिलो बनाइने
काठमाडौं, २३ जेठ– सरकारले विश्व बैंकको सहयोगमा बा“की मुलुकलाई राजधानीसित जोड्ने एकमात्र प्रमुख लोकमार्गको मुग्लिनदेखि नारायणगढसम्मको सडक खण्डलाई स्तरोन्नति गरी फराकिलो बनाउने भएको छ । हजारौं गाडी ओहोरदोहोर हुने रणनीतिक महत्वको यो सडक सा“घुरो भई हरेक दिनजसो ट्राफिक जाम हुने गरेकाले स्तरोन्नति गरी फराकिलो बनाउन लागिएको जानकारी भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव तुलसी सिटौलाले दिए । 
उनका अनुसार ३४ किलोमिटर लम्बाइको मुग्लिन–नारायणगढ खण्ड ६ मिटर चौडाइ (कालोपत्रेको चौडाइ) को सडक भएकाले लामो बडी भएका दुइटा गाडी एकैचोटि ओहोरदोहोर गर्न मिल्दैन र ट्राफिक जाम हुन्छ । त्यही कारण सडकलाई फराकिलो बनाउनुपर्ने स्थिति उत्पन्न भएको हो । उक्त सडक विस्तार गरिएपछि लामो बडी भएका गाडीसमेत एकैचोटि ओहोरदोहोर गर्न मिल्ने भएकाले ट्राफिक जामको समस्या हट्ने विश्वास भौतिक पूर्वाधार सचिव सिटौलाले व्यक्त गरे । साढे आठ मिटरको सडकमा तीनवटासम्म गाडी एकैचोटि ओहोरदोहोर गर्न मिल्छ ।

सिटौलाले सडक विस्तार कार्य आगामी भदौ–असोजबाट सुरु हुने जानकारी दिए । उक्त सडक विस्तारका लागि ठेकेदार छनौट कार्य अन्तिम चरणमा पुगेको छ । ठेकेदार छानिएपछि निर्माण कार्य सुरु हुनेछ । काठमाडौंदेखि मुग्लिनसम्मको सडक साढे आठ मिटर चौडा छ, तर मुग्लिनदेखि नारायणगढसम्मको खण्डमात्र ६ मिटरको छ, यो खण्डको मात्र लामो समयदेखि विस्तार कार्य हुन सकेको थिएन ।
बीचको खण्डमात्र सा“घुरो भएकाले राजधानी आउजाउ गर्ने हजारौं गाडीले मुग्लिन–नारायणगढ खण्डमा बढी जामको समस्या झेल्नुपरिरहेको छ । उक्त सडक विस्तार गर्न ३ अर्ब १० करोड रुपैया“ खर्च हुने अनुमान छ । उक्त सडक विस्तार कार्य साढे दुई वर्षदेखि ढिलोमा तीन वर्षमा सम्पन्न गर्ने योजना भौतिक पूर्वाधार मन्त्रालयको छ ।
विश्व बैंकले उक्त सडक विस्तार गर्न ३ अर्ब रुपैया“ सहुलियतपूर्ण ऋण प्रदान गरेको छ । बा“की रकम नेपाल सरकारले बेहोर्ने जानकारी सिटौलाले दिए । नेपाल सरकारको पैसा सडक विस्तार गर्दा हटाउनुपर्ने घरटहरा र अधिग्रहण गर्नुपर्ने जग्गाका लागि मुआब्जा दिन खर्च गरिनेछ । मुआब्जाका लागि १० करोड रुपैया“ जति खर्च हुने अनुमान छ ।




No comments:

Post a Comment