Monday, June 23, 2014

भारतीय ठेकेदारको लापर्बाहीले राहुघाट निर्माण अनिश्चित

विद्युत प्राधिकरण ठेक्का तोड्ने तयारीमा
काठमाडौं, ९ असार– भारतीय ठेकेदार कम्पनीले ठेक्का सम्झौताबमोजिम काम अघि बढाउन नसकेपछि ३२ मेगावाटको राहुघाट जलविद्युत् आयोजनाको निर्माण नै अनिश्चित हुन पुगेको छ । विद्युत प्राधिकरणसित एड्भान्स (कुल ठेक्का रकमको १० प्रतिशत) र क्षतिपूर्तिबापत झन्डै ३० करोड रुपैया“ लिएको भारतीय कम्पनी आईभीआरसीएल इन्डिया लिमिटेडले रकम अभाव देखाउ“दै काम सुचारु नगरेको जानकारी प्राधिकरणका अधिकारीले दिएका छन् ।
ठेकेदारको लापर्बाही र गैरजिम्मेवारीका कारण सन् २०१४ को अन्त्यमा काम सम्पन्न गर्ने लक्ष्यका साथ सन् २०१० बाट निर्माण्ँ प्रक्रिया सुरु भएको आयोजनाको हालसम्म १० प्रतिशतमात्र काम सकिएको छ । ‘यति बेला ९० प्रतिशतभन्दा बढी काम सम्पन्न हुनुपर्नेमा आईभीआरसीएलले ठेक्का पाएको झन्डै चार वर्ष हुन लागिसक्ता पनि मुस्किलले १० प्रतिशतमात्र काम भएको छ’ प्राधिकरणका एक अधिकारीले भने । यो आयोजना भारतीय एक्जिम बैंकको सहुलियतपूर्ण ऋण सहयोगमा निर्माण सुरु भएको हो ।
आईभीआरसीएलले आयोजनाको सिभिल इन्जिनियरिङ कामअन्तर्गत १२ किलोमिटर प्रवेशमार्ग, ७ किलोमिटर टनेल, विद्युत् गृह, ड्यामलगायत निर्माण काम गर्न २०६७ कात्तिक १८ मा विद्युत् प्राधिकरण्ँसित ठेक्का सम्झौता गरेको थियो । 
परामर्शदाता कम्पनी पछि छानिएका कारण आईभीआरसीएलले झन्डै दुई वर्षसम्म काम गर्न पाएन । परामर्शदाता कम्पनी पछि छनौट हुनुमा भने ऊर्जा मन्त्रालय र प्राधिकरण जिम्मेवार छ । परामर्शदाता कम्पनी छानिएपछि आईभीआरसीएलले सन् २०१५ भित्रमा आयोजना सम्पन्न गर्ने लक्ष्ण निर्धारित गरिएको थियो ।

तर, ठेकेदार कम्पनीले आफूले प्राविधिक जनशक्ति र उपकरण ल्याए पनि काम गर्न नपाएको भन्दै क्षतिपूर्तिबापत ३१ करोड रुपैया“ र मुद्रास्फितिबराबर ठेक्का रकममा वृद्धि हुनुपर्ने शर्त तेस्र्याएर झन्डै दुई वर्षसम्म कामै सुरु गरेन ।
आईभीआरसीएलको मागबमोजिम प्राधिकरणका तत्कालीन सञ्चालक समिति सदस्य लक्ष्मण अग्रवाल संयोजकत्वको समितिले अध्ययन गरी ठेकेदारलाई १४ करोड ३० लाख रुपैया“ क्षतिपूर्ति दिन सिफारिस ग¥यो । सञ्चालक समितिले त्यसमा अनियमितताको आशंका गरी भारतीय परामर्शदाता कम्पनीलाई नै क्षतिपूर्तिको सिफारिस गर्न अह्रायो । परामर्शदाता कम्पनीले करिब नौ महिनाअघि ३ करोड ९३ लाख रुपैया“ दिनुपर्ने सिफारिस ग¥यो । प्राधिकरणले त्यति रकम ठेकेदारलाई दिएपछि क्षतिपूर्ति अर्थात् मागदाबीको विवाद सुल्झियो ।
विवाद सुल्झिएको नौ महिनासम्म पनि ठेकेदारले काम खासै अघि नबढाएको जानकारी प्राधिकरणका अधिकारीले दिए । ती अधिकारीका अनुसार सिभिल निर्माणको कुल ठेक्का रकमको २ अर्ब ५० करोडको दस प्रतिशत अर्थात् २५ करोड र क्षतिपूर्तिबापतको ३ करोड ९३ लाख रुपैया“ प्राधिकरणबाट लिए पनि ठेकेदार कम्पनीले रकम अभाव देखाउ“दै निर्माण कार्य अघि बढाएको छैन । ठेकेदार कम्पनीले एड्भान्स र क्षतिपूर्तिबापत पाएको सबै पैसा हेड अफिसमा लगेर निर्माण कार्य अघि बढाउन रकमको अभाव देखाएर गैरजिम्मेवारी प्रदर्शन गरिरहेको प्राधिकरणका अधिकारी बताउ“छन् ।
ठेक्का सम्झौताबमोजिम काम अघि नबढेको र आयोजनाको भविष्य अनिश्चित हुने स्थिति उत्पन्न भएपछि प्राधिकरण आईभीआरसीएललाई दिइएको ठेक्का नै रद्द गर्नुपर्ने अप्रिय मनस्थितिमा पुगेको जानकारी प्राधिकरणका एक उच्च अधिकारीले दिएका छन् । ‘यो ठेकेदारले ठेक्का सम्झौताअनुसार राहुघाट आयोजना निर्माण कार्य अघि बढाएन । हामी ठेक्का तोड्ने निष्कर्षमा पुगेका छौं’ प्राधिकरणका उच्च अधिकारीले भने– ‘भारतीय एक्जिम बैंक र विदेश मन्त्रालयका अधिकारीहरू नेपाल आएका छन्, उनीहरूसित वार्ता गरी हामीले ठेक्का तोडेर नया“ टेन्डर प्रक्रिया अघि बढाउनेबारेमा सहमति गर्छौं ।’ भारतीय एक्जिम बैंक र विदेश मन्त्रालयका अधिकारीहरू आइतबार नेपाल आएका छन् । सिंहदरबारमा सोमबार भारतीय अधिकारीहरूसित ऊर्जा र प्राधिकरणका अधिकारीले वार्ता हुने तय भइसकेको छ ।
ठेकेदारको लापर्बाही र गैर जिम्मेवारीका कारण आयोजनाको निर्माणको काम साढे तीन वर्ष पछि धकेलिने र लागत दोब्बरसम्म बढ्न सक्ने चिन्ता प्राधिकरणका अधिकारीले व्यक्त गरेका छन् । ती अधिकारीका अनुसार पुनः टेन्डर आह्वान गरी ठेक्का सम्झौता गरेर काम सुरु गर्न ७÷८ महिना लाग्ने र आयोजना निर्माण गर्न थप तीन वर्ष लाग्नेछ ।







No comments:

Post a Comment