Friday, June 6, 2014

प्रधानमन्त्री आज जम्बो टोलीका साथ चीन जाने

काठमाडौं, २१ जेठ– प्रधानमन्त्री सुशील कोइराला ३५ जनाको ‘जम्बो टोली’ का साथ बिहीबार चीन भ्रमणमा जाने भएका छन् । उनी  चिनिया“ सरकारको निम्तामा चीनको को कुनमिङमा हुन लागेको ‘साउथ एसिया एक्स्पो’ को उद्घाटन समारोहमा सहभागी हुनेछन् । 
मन्त्रिपरिÈदको बुधबार बसेको बैठकले प्रधानमन्त्रीको चीन भ्रमण्ँ स्वीकृत गरेको छ । प्रधानमन्त्रीको भ्रमण टोलीमा ३५ सदस्य रहनेछन् । तर, मन्त्रिपरिषद बठकपछि सरकारका प्रवक्ता सूचना तथा सञ्चारमन्त्री डा. मिनेन्द्र रिजालले प्रधानमन्त्रीको भ्रमण्ँ टोलीमा ३० सदस्यमात्र रहने जानकारी दिएका थिए ।
प्रधानमन्त्रीको भ्रमण टोलीमा वाणिज्य मन्त्री सुनिल थापा, सचिव नारायणगोपाल मलेगो, परराष्ट्रका निमित्त सचिव शंकर बैरागी, शिष्टाचार महापाल कालीप्रसाद पोखरेल, चीन हेर्ने महाशाखाका सहसचिव, प्रधानमन्त्रीका परराष्ट्र र आर्थिक सल्लाहकार क्रमशः दिनेश भट्टराई र चिरञ्जीवी नेपाल, कोइरालाका सुरक्षागार्ड र पा“च पत्रकार छन् । पत्रकारमा नेपाल टेलिभिजनका दुई, राइजिङ नेपालका एक, रमेश तुफान र रिपोर्टर्स क्लबका अध्यक्ष ऋषि धमलासमेत छन् । 

भ्रमण टोलीमा कांग्रेसका चन्द्रमोहन यादव, एमालेका वाचस्पति देवकोटा, एमाओवादीका पोष्टबहादुर बोगटी, फोरम गणतान्त्रिकका रामजनम चौधरी, मालेका महासचिव सीपी मैनाली, राधादेवी तिमिल्सिना, रुक्मिणी चौधरी, अभिषेक प्रताप साह, भाष्कर भट्टराय, राजारामा साङतान, अख्तर, रामकुमार राई, प्रेमबहादुर सिंह, हरीशचन्द साहलगायतका सभासद रहनेछन् । ्प्रधानमन्त्री कोइराला चीन सरकारले पठाउने विशेष विमानमा बिहीबार बिहान १० बजे जाने र शुक्रबार अपराह्न सोही विमानमा फर्कने कार्यक्रम छ । प्रधानमन्त्रीले भ्रमणका क्रममा उपराष्ट्रपतिसहितका चिनियिा“ अधिकारीसित औपचारिक भेटवार्ता गर्ने कार्यक्रम छ ।
सुकीलाई नेपाल भ्रमणको निम्तो
मन्त्रिपरिषद बैठकले म्यानमारकी लोकतन्त्रवादी नेतृ आङ साङ सुकीलाई नेपाल भ्रमण गर्न नेपाल भ्रमण गर्न औपचारिक रूपमा निम्ता गरेको छ । प्रधानमन्त्री कोइरालाले म्यानमारमा भएको बिम्स्टेक बैठकका क्रममा भएको भेटवार्तामा सुकीलाई नेपाल भ्रमण गर्न निम्ता गरेका थिए । उनलाई भ्रमण गर्न सरकारका तर्फबाट औपचारिक औपचारिक रूपमा पत्र पठाइनेछ । उनी आगामी जेठ ३१ मा नेपाल आउने भ्रमण कार्यक्रम तय भएको छ ।
सरकारले नोबेल शान्ति पुरस्कारबाट सम्मानित नेतृ सुकीको भ्रमणलाई राजकीय सम्मान दिन मन्त्रिपरिषदले औपचारिक निम्तो दिएको जानकारी सरकारी अधिकारीले दिएका छन् ।
निजामती विधेयक संसदमा पेस गर्ने निर्णय
सरकारले निजामती सेवा ऐन २०४९ लाई संशोधन गर्ने विधेयकलाई स्वीकृत गरी संसदमा पेस गर्ने निर्णय गरेको छ । विधेयकमा प्रशासनतर्फको दरबन्दी रहेका विभिन्न मन्त्रालय र निकायको सचिवमा प्रशासनतर्फका सहसचिवहरूबाट मात्र बढुवा गर्ने प्रावधान राखिएको छ ।
यसअघि सर्वोच्च अदालतको निर्णयका कारण प्रशासनतर्फको सचिवको बढुवामा न्याय सेवातर्फका सहसचिवलाई समेत उम्मेदवारमा सिफारिस गर्ने गरिएको थियो । सर्वोच्चले निजामती ऐनको एउटा दफामा रहेको निजामती सेवा भन्नाले प्रशासन, न्याय, लेखा परिक्षण समूहलगायत बुझिनेछ भन्ने व्यवस्थाको अपव्याख्या गर्दै कानुनतर्फका सहसचिवलाई समेत प्रशासनतर्फको सचिवको दरबन्दीमा समेत बढुवामा उम्मेदवार बनाउन आदेश दिएको थियो ।
मन्त्रिपरिषदले निजामती सेवा ऐनको संशोधन विधेयकमा प्रशासन र न्याय सेवाको प्रष्ट व्याख्या गर्दै प्रशासनतर्फको दरबन्दीमा प्रशासनतर्फको मात्र र न्याय सेवाको दरबन्दीमा न्यायसेवाका सहसचिवमात्र बढुवा हुन पाउने व्यवस्था गरेको छ । यो विधेयक संसदबाट पारित भएपछि न्याय सेवाका सहसचिव प्रशासनतर्फको सचिवमा बढुवा हुन पाउने छैनन् ।
सर्वोच्चको फैसलाका कारण न्याय सेवाका सहसचिवले न्यायाधीशमा नियुक्त हुने पाउने, आफ्नो सेवामा विशिष्ट श्रेणीमा बढुवा पाउनुका अतिरिक्त प्रशासनतर्फको सचिवमा समेत पदोन्नति हुन पाएका थिए । यसबाट प्रशासनतर्फका शाखा अधिकृतदेखि सहसचिवसम्मको वृत्ति विकासमा नकारात्मक असर परेकाले प्रशासनिक अधिकारीहरू आन्दोलित थिए ।
पूर्वराजाको थप जग्गाको ट्रष्टको नाममा
मन्त्रिपरिषदले पूर्व राजा विरेन्द्र र परिवारको नाममा नुवाकोट र धादिङमा रहेको जग्गालाई नेपाल ट्रष्टको नाममा ल्याउने निणर््ँय गरेको छ ।
अध्यक्षको राजिनामा स्वीकृत
सरकारले नेपाल टेलिभिजनका अध्यक्ष सीताराम अग्रवालले पदबाट दिएको राजिनामा स्वीकृत गरेको छ । मन्त्रिपरिषदले टेलिभिजनमा नया“ अध्यक्ष भने नियुक्त गर्न बा“की छ ।
महाकालीपीडितलाई राहत
सरकारले महाकाली नदीमा आएको बाढीबाट घरवारविहीन भएका दार्चुलाका पीडित परिवारलाई पुनःस्थापनाका लागि सहुलियतमा ऋण्ँ उपलब्ध गराउने निणर््ँय गरेको छ । अघिल्लो वर्ष महाकालीमा आएको बाढीका कारण दार्चुलाको सदरमुकामका सयौं घर बगाएका कारण थुप्रै व्यक्ति घरबारविहीन भएका थिए । सरकारले तिनैलाई राहत दिन सहुलियतपूर्ण ऋण दिन लागेको हो ।




No comments:

Post a Comment