Tuesday, June 3, 2014

मालपोत अधिकृतसहित १३ जनाविरुद्ध मुद्दा दायर

काठमाडौं, २० जेठ– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले धनकुटा जिल्लाका तत्कालीन मालपोत अधिकृत सुरेशकुमार थपलियासहित १३ जनाविरुद्ध ९२ रोपनी सरकारी जग्गा व्यक्तिका नाममा गरी भ्रष्टाचार गरेकामा मंगलबार विशेष अदालतमा मुद्दा दायर गरेको छ ।
थपलियासहित १३ जनाले मिलोमतो गरी धनकुटाको लेगुवा गाविस–३ स्थित कालिका सामुदायिक वन क्षेत्रभित्र पर्ने ९२ रोपनी सरकारी जग्गा धनकुटाकै बलबहादुर भण्डारीको नाममा दर्ता गरी गराई भ्रष्टाचार गरेकाले उनीहरूविरुद्ध मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ ।
मुद्दा दायर गरिएकामा धनकुटा मालपोत कार्यालयका तत्कालीन शाखा अधिकृत अनिरुद्र लुइ“टेल, खरिदारहरू आइतबहादुर राई, रुद्रप्रसाद खनाल, फणिन्द्र अधिकारी, नापी कार्यालय धनकुटाका सर्वेक्षक रामनारायण बिके, लेगुवा गाविसका सचिव उमेश राई, नक्कली जग्गा धनी बलबहादुर भण्डारी छन् ।
उक्त जग्गा व्यक्तिका नाममा गर्ने क्रममा सर्जमिनमा बस्ने मतियारहरू खिरबहादुर भण्डारी, नन्दकुमारी अधिकारी, अम्मरबहादुर भण्डारी, फाल्गुनी भण्डारी, जगतकुमारी थापाविरुद्धसमेत अख्तियारले मुद्दा दायर गरेको छ । अख्तियारले भ्रष्टाचार निवारण ऐनको दफा २२ बमोजिम थपलियासहित १३ जनाविरुद्ध जनही ९ लाख २० हजार रुपैया“ बिगो कायम गरी हदैसम्मको कैद सजाय र बिगोबराबरको रकम जरिवाना गर्न अख्तियारको अभियोगपत्रमा मागदाबी गरिएको छ ।

No comments:

Post a Comment