Thursday, June 19, 2014

बुढीगंगालाई आर्थिक स्रोत जुट्यो

काठमाडौं, ४ असार– विद्युत् विकास विभागले अछाम जिल्लामा निर्माण गर्न लागेको २० मेगावाट क्षमताको बुढीजंगा जलविद्युत् आयोजनाका लागि आवश्यक आर्थिक स्रँेत जुटेको छ । करिब ५ अर्ब लागत लाग्ने अनुमान गरिएको बुढीगंगामा सबभन्दा ठूलो दाता साउदी विकास फन्डले ३० मिलियन अमेरिकी डलर (करिब ३ अर्ब रुपैया“) सहुलियतपूर्ण सहयोग गर्ने सम्झौतामा बुधबार हस्ताक्षर गरेपछि आयोजनामा लागत जुटेको हो ।
सिंहदरबारमा बुधबार दिउ“सो अर्थ र फन्डका अधिकारीबीच सहयोगसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ । कुवेत फन्डले उक्त आयोजनालाई यसअघि नै १८ मिलियन अमेरिकी डलर (करिब पौने दुई अर्ब रुपैया“) सहुलियतपूर्ण ऋण सहयोग गर्ने सम्झौता गरिसकेको छ । बा“की ७ मिलियन डलर (करिब ६० करोड रुपैया“) सरकार आफैंले लगानी गर्नेछ । 
विभाग आफैंले निर्माण गर्न लागेको यो पहिलो आयोजना हो । विभागका इन्जिनियरहरूलाई विद्युत् आयोजनाको निर्माणमा प्रत्यक्ष संलग्न गराउन विभाग आफैंले यो आयोजना निर्माण गर्न लागेको हो । निर्माण सम्पन्न भएपछि आयोजना प्राधिकरणलाई हस्तान्तरण गरिनेछ ।
बुढीगंगाको आयोजनास्थलसम्म सडक पुगिसकेको छ । उक्त आयोजनाबाट उत्पादन हुने बिजुली राष्ट्रिय प्रसारण लाइनमा जोड्न अछामबाट दाङको लम्कीसम्म ल्याउन १३२ केभीए क्षमताको ८८ किमी लामो प्रसारण लाइन निर्माण गर्नुपर्नेछ । ५ अर्ब लागतमा आयोजना र ८८ किमी प्रसारण लाइन दुवै निर्माण गरिनेछ ।

विभागका प्रवक्ता गोकर्ण पन्थका अनुसार हाल आयोजनाको विस्तृत अध्ययन कार्य भइरहेको छ । आयोजनाको विस्तृत अध्ययन कार्य अबको डेढ वर्षमा सम्पन्न हुने र ठेक्का आह्वान भई सन् २०१५ को उत्तरार्धसम्ममा निर्माण कार्य सुरु हुनेछ । उक्त आयोजनाको निर्माण कार्य सन् २०१९ मा सम्पन्न गरी विद्युत् निकालिसक्ने योजना विभागको छ ।
बुढीगंगा मध्य पश्चिमको पहिलो जलविद्युत् आयोजना हो । यसले विकासका दृष्टिले पछाडि परेको मध्यपश्चिमलाई आर्थिक तथा सामाजिक हिसाबले समृद्ध बनाउन यो आयोजनाको महत्वपूर्ण भूमिका रहनेछ ।

No comments:

Post a Comment