Tuesday, June 3, 2014

इन्जिनियर देवकोटासहित तीनविरुद्ध भ्रष्टाचारको मुद्दा दायर

काठमाडौं, २० जेठ– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुस लिंदै गर्दा रंगेहात पक्राउ गरेका जिल्ला प्राविधिक कार्यालय, काठमाडौंका इन्जिनियर शालिकराम देवकोटाविरुद्ध मंगलबार विशेÈ अदालतमा भ्रष्टाचारको मुद्दा दायर गरेको छ । उक्त प्रकरणमा संलग्न नायव सुब्बा रुकु खत्री र मतियार काभ्रे जिल्लाको भुम्लुटार–७ बस्ने रेशमबहादुर तामाङविरुद्ध समेत मुद्दा दायर गरिएको छ । 
ब्रदर्स निर्माण्ँ सेवा कम्पनीलाई ‘घ’ वर्गको निर्माण इजाजत दिने क्रममा छिटो काम गरिदिन्छु भनी इन्जिनियर देवकोटाले एक लाख घूस लिई भ्रष्टाचारको कसुर गरेकाले मुद्दा दायर गरिएको अख्तियारले उल्लेख गरेको छ । अख्तियारको टोलीले उनलाई घुस लिंदालिंदै रंगेहात पक्राउ गरी हिरासतमा राखेको थियो । उनीमाथि भ्रष्टाचार निवारण ऐन ऐनको दफा ३ को उपदफा १ तथा ३ (१) को खण्ड (ग) बमोजिम सजाय हुन मागदाबी गरिएको अख्तियारले जनाएको छ । अख्तियारले नायव सुब्बा खत्रीलाई ऐनको दफा ३ को उपदफा १ तथा दफा ३ (१) को खण्ड (क) बमोजिम र मतियार तामाङलाई भ्रष्टाचार निवारण ऐनको दफा २२ बमोजिम हदैसम्मको सजायको मागदाबी गरेको छ ।

No comments:

Post a Comment