Sunday, June 22, 2014

चमेलियामा ठेकदारको मागबमोजिम १ अर्ब ९ करोड भेरिएसन

भेरिएसनले सिभिलतर्फको लागत दोब्बर
काठमाडौं, ७ असार– विद्युत् प्राधिकरण सञ्चालक समितिले निर्माणाधीन ३० मेगावाटको चमेलिया जलविद्युत् आयोजनाको सिभिल संरचनाको चिनिया“ ठेकेदार कम्पनी गेजुवालाई भेरिएसनबापत १ अर्ब ९ करोड रुपैया“ भुक्तानी दिने निर्णय गरेको छ । यो भेरिएसनस“गै आयोजनाको सिभिलतर्फको निर्माण लागत सुरुको ठेकेदारले ठेक्कामा कबोल गरेभन्दा दोब्बर पुगेको छ ।
मन्त्रिपरिषदले प्राधिकरणका कार्यकारी निर्देशक अर्जुनकुमार कार्कीलाई पदबाट हटाई क्षेत्रीय प्रशासकमा पठाएको एक साता पनि नपुग्दै ऊर्जामन्त्री राधा ज्ञवालीको अध्यक्षतामा शुक्रबार बसेको सञ्चालक समितिको बैठकले ठेकेदारको मागबमोजिम भेरिएसनबापत ठूलो रकम दिने निर्णय गरेको जानकारी स्रोतले दिए ।
परामर्शदाताको कम्पनीको सिफारिसअनुसार नै ठेकेदारलाई भेरिएसनबापत १ अर्ब ९ करोड रुपैया“ दिने निर्णय भएको दाबी प्राधिकरणका एक सञ्चालकले गरेका छन् । गेजुवाले लामो समयदेखि भेरिएसन गरिदिन माग गर्दै आएको थियो । अघिल्लो व्यवस्थापनले त्यसलाई था“ती राख्दै आएको थियो । नया“ व्यवस्थापनले कमजोर भौगर्भिक कारणले चमेलियाको सुरुङ र पेनस्टकमा समस्या आएका कारण भेरिएसन गर्नुपरेको दाबी गरेको छ ।

सन् २०११ को ९ मे अर्थात् २०६८ वैसाखमा सुरुङ र पावर हाउसलगायतका संरचना निर्माण सक्ने गरी ठेक्का लिएको गेजुवाले अहिलेसम्म ८० प्रतिशतमात्र काम सम्पन्न गरेको छ । उसले ०७१ पुसभित्रमात्र काम सम्पन्न गर्ने प्रतिबद्धता व्यक्त गर्दै आएको थियो । पछिल्लो समय कमजोर भौगर्भिक कारणले सुरुङ र पेनस्टकमा समस्या आएका कारण निर्माण अवधि झन् लम्बिने देखिएको छ । 
संशोधित कार्यतालिका अनुसार ०७१ पुसभित्र आयोजना निर्माण्ँ सम्पन्न गर्ने लक्ष्य राखिएकामा ठेकेदार गेजुवाको लापर्बाही, सुरुङ सा“घुरिने, पेनस्टकमा समस्या आएका कारण  ढिलाइ हु“दै गएको छ । भेरिएसन माग गर्दै गेजुवाले पटकपटक कामसमेत रोक्दै आएकाले पनि आयोजनाको निर्माण ढिलाइ हु“दै गएको हो ।  
भेरिएसन, सुरुङ खुम्चिने र पेनस्टकको समस्यालगायतका कारण आयोजनाको सिभिलतर्फको निर्माण लागत दोब्बर हुने भएको । सुरुमा प्रवेश मार्ग, विद्युत् गुह, बा“ध, सुरुङलगायतका सिभिल संरचना निर्माण्ँ गर्न गेजुवाले २ अर्ब ८८ करोड १३ लाख रुपैया“मा ठेक्का लिएको थियो । 
दुईपटक भेरिएसन गराई यसअघि नै ठेकेदारले सिभिल निर्माणको लागत बढाएर ४ अर्ब २३ करोड ५५ लाख रुपैया“ पु¥याइसकेको छ । १ अर्ब ९ करोड थप भेरिएसन दिएपछि ठेक्का रकम अझ बढेर ५ अर्ब ३२ करोड ५५ लाख रुपैया“ पुग्नेछ ।
गेजुवाले खनेको सुरुङमध्ये करिब ८ सय ४३ मिटर भाग खुम्चिएको छ । त्यसमध्ये ४ सय १८ मिटर अत्यन्त समस्याग्रस्त देखिएको छ । समस्याग्रस्त भागलाई फलामे संरचनाको आड दिएर बलियो बनाउनुपर्दा लागत बढेको दाबी ठेकेदारको छ ।

No comments:

Post a Comment